जिल्ला समाचार

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा मदानेमा गरियो अन्तरक्रियात्मक कार्यक्रम

विवश विष्ट
गुल्मी,२५ मंसिर । देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भईरहेको छ । लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु भैरहेका छन । गुल्मी जिल्लामा पनि विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रमहरु भैरहदा जिल्लाको मदाने गाउँपालिकामा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

‘‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको प्रतिवद्धता’’ भन्ने मूल नाराका साथ मदाने गाउँपालिका तथा मुल महिला समितिको आयोजनामा बुधबार कार्यक्रम गरिएको छ ।

पछिल्लो समयमा लैङ्गिक हिंसाका घटनाहरु वृद्धि भइरहेका छन । यस्ता कार्यक्रमहरुले लैङ्गिक हिंसाका घटनाहरुलाई न्यूनिकरणका लागि सहयोग पुर्याउने मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभएको छ । कुनै पनि हिंसामा परेपछि तुरुन्त सम्बन्धित पक्षसँग उजुरी गरि न्याय खोज्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा लैङ्गिक हिंसा न्युनिकरण का विषयमा अन्तरक्रिया चलेको थियोे ।

मदाने गाउँपालिका महिला मेल समिति अध्यक्ष कमला भट्टराईको अध्यक्षता र मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काको प्रमुख आतिथ्यता रहेको थियोे ।

मदाने गाउँपालिका कार्यपालिका सदस्यहरु, महिला समितिका सदस्यहरु, वडाका जनप्रतिनिधिहरु लगायतको उपस्थित कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रमको संचालन मदाने गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख विष्णु कुवरले गर्नुभएको थियोे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D