जिल्ला समाचार

लैंङ्गिक हिंसा नियन्त्रणमा सबैको ध्यान जरुरी : प्रजिअ ढुगांना

अनिल खत्री
गुल्मी साउन २५ । लैंङ्गिक हिंसा जडको रुपमा रहेकाले सयको निवारणको लागी सबैले महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांनाले बताए । बुधवार महिला तथा वालवालिका कार्यालय गुल्मीको आयोजनमा लैङ्गिक हिंसा निवारण सम्बन्धी कार्यक्रम लैंङ्गिक हिंसा निवारण गर्नमा सबैले आफुबाटै सुरुगर्नु पर्नेमा ढुगांनाले जोड दिए । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न कार्याक्रममा लैंगित हिंसाको अबस्था विश्लेषण तथा वार्षिक कार्यक्रमको बारेमा समिक्षा गरिएको थियो ।

कार्यक्रममा महिला तथा वालवालिका कार्यलय गुल्मीकी प्रमुख प्रतिभा पन्थीले लैंङ्गिक हिंसा सम्बन्धमा कार्यालयबाट एक वर्षमा भएका कार्यक्रमहरुको बारेमा जानकारी गराइन् ।

त्यस्तै कार्यक्रममै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जिल्लामा लैंङ्गिक हिंसाको उजुरी र वर्तमान अबस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममै नेपाल वार एसोसियसन गुल्मीका अध्यक्ष बिष्णु वलालले लैंङ्गिक हिंसाको कानुनी उपाय बारे जानकारी गराएका थिए । कार्यक्रममा स्थानिय बिकास अधिकारी कल्पना श्रेष्ठ, अनेम संघ गुल्मीकी अध्यक्ष ललिता गौतम लगायत सहभागीहरुले लैंङ्गिक हिंसा निवारणमा सबैको ध्यान जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा लैंङ्गिक हिंसा महत्वपूर्ण काम गरेको भन्दै नेपाल पत्रकार महासंघ गुल्मी र महिला पुनःस्थापना केन्द्र गुल्मीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत दुई संस्थालाई नगद रु १० हजार प्रशंसा पत्रले कार्यक्रमका अतिथी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांना र स्थानिय बिकास अधिकारी कल्पना श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढुगाांना, स्थानिय बिकास अधिकारी श्रेष्ठ, जिल्ला स्थित सरकारी गैरसरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker