जिल्ला समाचार

लेकपोखरीमा माघेसक्राँन्ती मेला हुँदै

मनोज कार्की
गुल्मी, पौष २४ । मालिका गाउँपालिकाको छापहिले स्थित लेकपोखरी क्षेत्रमा माघेसक्राँन्ती मेला हुने भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि पौष २९ र माघ १ गते गरी २ दिन माघेसक्राँन्ती मेला हुने भएको लेकपोखरा माघेसक्रान्ति मेला ब्याबस्थापन समिति अध्यक्ष रेखा कुमार जि.सिले बताएका छन् ।

लेकपोखरी मालिका गाउँपालिकाको मात्र नभई जिल्लाकै एक महत्वपुर्ण पर्यटकिय स्थल हो । यस बर्षको लेखपोखरा मेलामा कृषि पर्दशनी, पन्चेबाजा, स्थानिय भजन तथा राष्ट्रिय साथै स्थानिय कलाकारको सहित साँस्कृतिक कार्यक्रम गरिने भएको हो ।

लेकपोखरीमा रहेको पोखरी चिम्टाले खनेको र पोखरीमा नेपालका चारधामको जल मिसाईएकोले पोखरीको पानीले नुहाउने तथा पिउने गरेमा पाप नष्ट हुने धार्मिक बिश्वास रहँदै आएको छ । यस बर्ष राष्ट्रिय स्तरका कलाकारहरु श्रीस देबकोटा, लक्ष्मण खड्का, हरिमाया रायमाझी लगायतका कलाकारहरु आउने भएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D