जिल्ला समाचार

लाईभ दोहोरी: जस्तालाई त्यस्तै जवाफ, गुल्मीका “तरुनी” गायिकाहरुले ख्यार-ख्यार्ती पारेपछी……..

१९ चैत, गुल्मी । यतिबेला गुल्मी तेस्रो गुल्मी महोत्सव भब्य रुपमा सन्चालन भईरहेको छ । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै यही चैतको १६ देखि सुरु भएको महोत्सव आगामी २५ गते सम्म सन्चालन हुँदैछ ।

महोत्सवमा बिबिध साँस्कृतिक कार्यक्रमहरु सहित ५ दर्जन भन्दा वढी कलाकारहरु महोत्सवमा प्रस्तुती दिईरहेका छन् । महोत्सवमा राष्ट्रिय स्तरमा बिभिन्न बिधामा चर्चाको शिखरमा रहेका कलाकारहरुसँगै गुल्मी जिल्लाबाट पनि राष्ट्रिय स्तर र स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक अनुपकुमार श्रेष्ठले जानकारी दिए ।

यसपालिको महोत्सबमा पनि अघिल्ला महोत्सबमा जस्तो लाईभ दोहोरी सर्वाधिक रुचाईएको प्रस्तुती बनेको छ । हरेक दिन जसो बिभिन्न कलाकारहरुको बिशेष लाईभ दोहोरी प्रस्तुती रहने पनि महोत्सब आयोजकहरुले जानकारी दिए ।

महोत्सवमा हुँने साँस्कृतिक कार्यक्रममा बम बहादुर कार्की, बद्री पंगेनी, चन्द्र शर्मा, राजेश पायल राई, हेमन्त शर्मा, सुगम पोखरेल, श्री थापा, आस्था राउत, देबी धर्ति, कमल खत्री, खुमन अधिकारी, कृष्ण रेउले, कुलेन्द्र बिक, प्रिति आले, राजु ढकाल, मञ्जु पौडेल रहेका छन् ।

त्यस्तै बावुराम पन्थी, रामजी खाँड, सम्झना लामिछाने, सरिता कार्की, बैकुण्ठ महत, शुसिला गौतम, शोभा त्रिपाठी, शान्तीश्री परियार, लक्ष्मण खड्का, ओम ज्ञवाली, रामचन्द्र चन्द, शिलु भट्टराई, सन्तु थापा, बन्दना पाण्डे, कल्पना कुसुम, नारायण बिपि परियार, रितु थापा, रुपा जिएम, तुलसिंह रनपछाई, शान्ता परियार, गणेश अधिकारी, हरि खत्री, कमल कार्की, पवन परियार, शिब खनाल, सिता राना, सुनिल थापा, उज्जवल गिरी वालकलाकार आयुश केसी लगायत रहेका छन् । कार्यक्रममा साँस्कृतिक कार्यक्रम बाहेक केहि हास्य व्यङ्ग्य प्रस्तुतिहरु राखिने संयोजक श्रेष्ठले बताए । संयोजक श्रेष्ठका अनुसार अरु थप गुल्मेली कलाकारहरु राखिएका बताए ।

हेरौ चौथो दिनको लाईभ दोहोरी घम्साघम्सी:

भिडियो: रबिलाल पौडेल

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D