जिल्ला समाचार

लण्डनमा हुने बिश्व अपाङ्ग दिवसमा गुल्मीकी रायमाझी जाँदै

प्रेम सुनार

गुल्मी, मंसिर ५ । डिसेम्वर २ तारिखमा हुन गई रहेको विश्व अपाङ्ग दिवसमा भाग लिन नेपालको प्रतिनिधीत्व गर्दै गुल्मीको आशा अपाङ्ग केन्द्र तम्घासकी गंगा रायमाझी जाने अवसर प्राप्त गरेकी छन । गुल्मी जिल्ला युके समाज वेलायतको छनौटमा त्यस केन्द्रकी उपाध्यक्ष रहेकी रायमाझीले डिसेम्वर २ तारिख दिउँसो तिन बजे देखि लण्डनको उल्वेज लोटर्स क्लवमा हुने विश्व अपाङ्ग दिवसमा नेपालका अपङ्गहरुको अवस्था बारे प्रतिवेदन पेश गर्ने छन ।

गुल्मीको छापाहिलेमा जन्मेकी रायमाझी तिन महिनामा आगोमा परेर दुबै खुट्टा जलेर आफै पनि अपाङ्ग हुन । यस्तो अवसर दिलाएको प्रति रायमाझीले गुल्मी जिल्ला युके समाज प्रति कृतज्ञता जाहेर गरेकी छन । उनले त्यस अवसरमा वेलायत भर रहेका नेपालहरुको सहभागिताका लागि अनुरोध गरेकी छन । आयोजक संस्थाले समेत वेलायतमा रहेका नेपालीहरुलाई सहभागिताका लगि निमन्त्रण गरेको छ ।

गुल्मी जिल्ला युके समाज वेलायतले गुल्मीका अपाङ्गहरुको उद्धारका लागि गुुल्मी तम्घास स्थित आशा अपाङ्ग केन्द्र मार्फत सन २०११ देखि हाल सम्म गरेको सहयोग रकमको बिबरण पेश समेत गर्ने छन । त्यस कार्यक्रममा नेपालको तर्फबाट रायमाझीलाई निमन्त्रण गरिएको र त्यसका लागि भिसा समेत बनि सकेको गुल्मी जिल्ला युके समाजका अध्यक्ष राम गलामीले जानकारी दिए ।

उनका अनुृसार त्यस कार्यक्रममा वेलायतभर रहेका नेपाली, स्थानिय सरोकारवाला , अन्य मुलुकका प्रतिनिधीहरुले समेत भाग लिने छन । समाजका महासचिव शिव भण्डारीका अनुसार कार्यक्रमलाई भव्य पार्न अहिले देखि नै तयारी थालिएको छ । समाजका उपाध्यक्षत्रयः टोप पल्ली, फणिन्द्र भण्डारी, राजन खरेल , सचिव बिर वलाल , कोषाध्यक्ष तारानाथ भण्डारी, सह सचिव राम सापकोटा लगायत विभिन्न उप–समितिमा रहेर तयारलाई तिव्र तयारी थालेको महासचिव भण्डारीले जानकारी दिए ।

बेलायतमा नौमति बाजा संरक्षणका प्रणेता तथा समाजका संस्थापक अध्यक्ष ओम थापाका अनुसार अपाङ्गता लगायत विपदमा परेका नेपालीहरुको उद्धारका लागि समाजले बर्षऔ अघि देखि सक्रियता बढाउँदै आएको छ ।

समाजले गुल्मीको आशा अपाङ्ग केन्द्रलाई समेत एम्वुलेन्स सहित हाल सम्म ३३ लाख भन्दा बढि सहयोग गरेको छ । उसको सहयोगबाट हाल सम्म आशा अपाङ्ग केन्द्रबाट जिल्लाका साढे सात हजार भन्दा बढि अपाङ्गहरुले उपचार र स्वरोजगार पाएका छन ।

त्यस्तै बेलायत मार्फत नेपालको नौमति बजालाई विश्वभर फैलाउन सफल प्रथम नौमजि बाजा संरक्षण समिति युकेले समेत तिन लाख भन्दा बढि सहयोग गरेको छ । न्युजरलाईन्डका रव वुकाननले स्थापना र सञ्चालन गरेको उक्त केन्द्रमा अमेरिका लगायत विभिन्न दातृ नियकाले सहयोग गरेका छन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D