gulminews logo
शनिबार, २०७९ जेष्ठ ७

लक डाउनमा नयाँ वर्ष मनाउनेहरु सशस्त्र प्रहरीको फन्दामा

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

अनिल खत्री
२ बैशाख, गुल्मी । लक डाउनको समयमा गुल्मीमा नयाँ वर्ष मनाउन पार्कमा पुगेका स्थानीयलाई सशस्त्र प्रहरीले कोरोना भाइरस सम्बन्धी सचेतना कक्षा राखेर छोडेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सतर्कता अपनाउन लक डाउन चलिरहेको बेला नयाँ वर्ष मनाउन पार्क पुगेकाहरुलाई सशस्त्र प्रहरी वल गुल्म गुल्मीले नियन्त्रणमा लिएको हो ।

नयाँ वर्षको अबसर पारेर रेसुङ्गा नगरपालिकाको दारेढुङ्गा स्थित पिकनिक पार्कमा पुगेकाहरुलाई सशस्त्र प्रहरीको गस्ती टोलीले फेला परेको थियो । लक डाउनको समयमा अत्याबश्यक काम बाहेक घर बाहिर समेत निस्किनको निम्ति प्रतिबन्ध भएको बेला नयाँ वर्ष मनाउन पार्क पुग्नेहरुलाई नियन्त्रणमा लिएर सचेतना कक्षा राखेर छोडेको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक बिनोदराज खनालले बताए ।

कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञा (कफ्र्यू) जारी समेत गरिएको छ । यस्तो अबस्थामा अत्याबश्यक काम बाहेक घर बाहिर हिडन समेत नपाइने अबस्थामा नयाँ वर्ष मनाउन पार्क पुग्नेहरुलाई प्रहरीले घर भित्रै बस्न आफनै स्वस्थ्यको लागि रहेकाले घरभित्र बस्न आग्रह गरिएको खनालले बताए ।

पार्कमा भेटिएकाहरुलाई घर भित्रसुरक्षित तरिकाले बस्न र कोरोना भाइरसबाट जोगिन संक्रमण सतर्कता अपनाउन अत्याबश्यक काम बाहेक बाहिर ननिस्कीन प्रहरी नायव उपरिक्षक खनालले आग्रह गरे । थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुनेछ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D