कृषीजिल्ला समाचारमुख्य हेडलाईन

लक डाउनमा खेतीपातीको चटारो, किसानलाई भोलीको चिन्ता

टोपलाल अर्याल
गुल्मी, ७ चैत। ठुलो हुलाके फाँटमा । हिउँदे बर्षादले निथ्र्रुक्क परेका धुर्कोट गाउँपालिका ५ का भागिरथ सेजवाल । दुई हल गोरु र बल्ल–बल्ल खोजेका खेतला । लक डाउन भए पनि चैते धानको अन्तिम रोपाइँ भएकाले सेजवाल व्यस्त थिए । ‘बिउले कोरोना भनेन पर्खदा पर्खदै कुहिन थाल्यो,’उनले भने,’लक डाउन भनेर घरमै बसेर मात्र के गर्ने जेनतेन रोपे बाँचे खान पाइएला नी ।’ उनले गाउँका अधिकांश खेतीयोग्य जनि बाँझो भएकाले अब पनि नेपालीको बुद्धि नआए भोलि ठुलो खाद्य संकट भोग्नु पर्ने अवस्था आउने बताए ।

इस्मा र धुर्कोट गाउँपालिकाको संगम स्थल हुलाके फाँटमा चैते धान रोप्दै किसान । फोटो/टोपलाल आर्याल

भिम बहादुर मुखियाले दुई बर्षमा धान रोपे । उनी कामको लागि भारत थिए । अहिले कोरोनाले घर आए । घरमै बसेर मात्रै समय बिताउन गाह्रो भएकाले बेसी झरेको कुमालले बताए । सरिता मुखियाले धान रोप्न थालेका थुप्रै बर्ष भए । दैनिक मेला पात गरेरै परिवार चलाएकी छन् । गाउँमा धान रोपेको तीन सय छ । उनले दैनिक धान रोप्ने, मोल फाल्ने, गहुँ काट्ने लगायतका काममा व्यस्त हुने भएकाले लक डाउनको कुनै मतलव नभएको बताइन् ।

चार सय ४० हेक्टरमा चैते धान

सिंचाई सुविधा भएको र सिमसार क्षेत्रमा किसानहरुले चैते धान उत्पादन गर्छन । जिल्लाका चौरासी फाँट, मजुवा, चाँपटारी, शान्तिपुर, रुपाकोट, खज्र्याङ, जुहाङ, हँसरा, हस्तिचौर, कुर्घा लगायतका स्थानमा फाँटहरुमा चैत्र धान खेती हुने गर्छ । गुल्मीको चार सय ४० हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुने गर्दछ । भने सिँचाई सुविधा भएमा दुई सय ९५ हेक्टर क्षेत्रफलमा चैते धान बिस्तार गर्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत सन बहादुर रानाले बताए । सिँचाईको अभावमा बर्षे धान उत्पादन हुने नौ हजार नौ सय ९२ हेक्टर क्षेत्रफल मध्ये चार सय ४० हेक्टरमा मात्र चैते धान रोपिने रानाले बताए । गुल्मीमा करिव १५ सय मेट्रिकटन चैते धान उत्पादन हुने गरेको छ ।

अहिले माक्सले मुख बन्द ! भोली साच्चिकै

सिंचाई सुविधा भएको खेतमा चैते धान रोप्ने र सिंचाई नहुने खेत र बारीमा मकै रोपिएको छ । भने मकै रोप्ने तथा मल फाल्ने, केराउ, तोरी र गहुँ स्याहार्ने बेला भएकाले इस्मा गाउँपालिका १ हस्तिचौरको ¥याले फाँट उर्भर भुमि हो । अहिले फाँटमा रोपिएका मकै खन्ने बेला भएको छ । सोहि फाँटमा मकैको काम गरिरहेका धुर्कोट गाउँपालिका ४ का सुमन्त भण्डारीले अहिले लक डाउन भनेर घरमै माक्स लगाएर बसे भोली साँच्चिकै मुख बन्द गर्नुपर्ने अवस्था आउने बताए । उनले सचेत भएर आफ्नो कृषि कर्म गर्न आग्रह गरे । आठ जना खेतला लिएर बेसी झरेका भण्डारीले पानी परेर ठिक्क भएकाले मकैको काम गर्नुको विकल्प नभएको बताए । ‘बिहान–बेलुका घर दिउँसोमा खेतबारीको कामले फुर्सद छैन,’उनले भने,‘खेतबारीको कामलाई कसैले रोकेको छैन ।’ उनले यो बेला कृषि कर्म गर्नेहरुलाई प्रोत्साहित गर्ने तर चोक र गल्लीमा कुरा काटेर बस्ने, तास खेल्ने र पिकनिक जानेहरुलाई गाउँपालिकाले कडा कारबाही गर्नुपर्ने बताए ।

इस्मा गाउँपालिका १ हस्चिौरको ¥याले फाँटमा मकैको काम गर्दै किसान । फोटो/टोपलाल आर्याल

काममा प्रोत्साहन गर्न अनुदान

खेतीयोग्य जमिन बाँझो हुन नदिने र कोरोना संक्रमणले आउन सक्ने खाद्य संकट कम गर्न धुर्कोट गाउँपालिकाले किसानलाई कृषिमा अनुदान दिने थप कार्यक्रम घोषणा गरेको छ । धुर्कोट गाउँ कार्यपालिकाको बैठकले लक डाउनका कारण गाउँपालिकाको तर्फबाट खाद्यान्य प्राप्त गरेका विपन्न परिवारले आफ्नो बाँझो जमिन वा अरुको जग्गा भाडामा लिएर अन्न, तरकारी, फलफुल तथा मसलेदार खेती गरेमा पनि प्रति रोपनी पाँच हजार अनुदान प्रदान गर्ने व्यावस्था गरेको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । त्यस्तै बाँझो जग्गामा सुन्तला, कागती तथा अन्य फलफुल खेति गरेमा प्रति रोपनी तीन हजार अनुदान, बाँझो जग्गामा अन्न तथा तरकारी बाली वा मसलेदार खेति गरेमा प्रति रोपनी चार हजार अनुदान उपलब्ध गराउने निर्णय बैठकले गरेको पोख्रेलले बताए ।

जमिन बाँझो राखे भुमिकर बढि

गाउँमा खेतीयोग्य जमिनमा बाँझो पल्टिएका छन् । गाउँको बुढोे घरमा बुद्ध–बृद्धाहरु मात्रै थिए । काम गर्ने जनशक्ति झोलीगुण्टा बोकेर शहर झरेका छन् । कोरोना संक्रमणले मात्रै त्यो बुढो घर भरिएको छ । अहिले खाने मुख धेरै छन् । तर भकारी नभरिएको बर्षौ भए । यो गाउँको वास्तविक अवस्था हो । लक डाउन बढ्दै गए गाउँको अबको ठूलो चुनौति पनि खाद्य संकटनै हो । त्यसैले धुर्कोट गाउँपालिकाले खेतीयोग्य जमिनको उपयोग गर्न अनुदान घोषणा गरिरहेको छ । अझैै पनि गाउँपालिका भित्र कुनै व्यक्तिले खेति योग्य जमिन बाँझो राखेमा आगामी गाउँ सभाबाट त्यस्ता जमिनको भुमिकर बृद्धि गर्ने निर्णय कार्यापालिका बैठकले गरेको गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले बताए । ‘गाउँका अधिकांश जमिन बाँझो बनेर बसेका छन्, जमिन र उत्पादनको महत्व नाकाबन्दी र कोरोनाले राम्रोसंग गराए,’उनले भने,‘ अब त्यस्ता जमिनमा उत्पादनको विकल्प नभएकाले यो निर्णय गरेका हौ ।’

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker