gulminews logo
शनिबार, २०७९ जेष्ठ ७

लकडाउन उल्लघंन गर्ने ६२ सवारी निययन्त्रणमा, २० हजार राजस्व संकलन

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

हुमाकान्त पोखरेल
गुल्मी, ०५ वैशाख । गुल्मीमा लकडाउन उल्लघंन गर्ने ६२ सवारी प्रहरी कारवाहिमा परेका छन् । लकडाउन सुरु भएदेखि बिहिबारसम्मको अवधिमा सो कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जसमध्ये ३६ सवारीलाई आर्थिक जरिवाना गरिएको छ । उक्त सवारीबाट २० हजार राजस्व समेत संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका जानकारी दिए । कारवाहीमा परेकामध्ये अधिकाशं मोटरसाइकल छन् । ट्राफिक प्रहरीले लकडानको पहिलो दिन नै ‘लकडाउन’ उल्लघंन गर्ने १८ सवारी निन्त्रणमा लिएको थियो । जसमध्ये १७ वटा मोटरसाईकल र एउटा स्कर्पियो रहेका छन् ।

तम्घासको देउरालीदेखि बजारका विभिन्न ठाउँहरुबाट लु १ च ७८५६ नम्बरको स्कर्पियोसहित मोटरसाइकल कारवाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । प्रशासन कार्यालयको अनुमतिबिना ‘लकडाउन’ उल्लघंन गर्दै बजारमा सवारी चलाउनेलाई कारवाहि गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीस्वरुप पहिलो पटक न्यूनतम जरिवाना प्रहरीले लिएको छ ।

विश्वभरी फैलिएको कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले मंगलबारबाट लागु हुने गरी देशैभरी ‘लकडाउन’ को घोषणा गरेको थियो । गुल्मी जिल्ला प्रशासन कार्यालयले पनि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) ले दिएको अधिकारअनुसार प्रयोग गरी निषेधाज्ञा जारी गरेको थियो । जसअनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते जिल्लाका कोहि पनि नागरिकहरु घरबाहिर ननिस्कन अनुरोध गरेको थियो ।

त्यस्तै जिल्लामा कुनै पनि अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारी नचलाउने, संचारकर्मीलाई सूचना विभागले जारी गरेको प्रेस पासको आधारमा आवागमन गर्न दिने, दैनिक उपभोग्य पसलहरुमा अनिवार्य रुपमा साबुन–पानीको व्यवस्था गर्ने लगायतका निर्णयहरु गरेको थियो । यदि कसैले उक्त निर्णयहरुको उल्लघंन गरेमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D