कोरोनाजिल्ला समाचार

लकडाउन अबधीभर घरमै रहेका शिक्षकलाई कसरी कोरोना पोजिटिभ देखियो ?

अनिल खत्री
७ जेठ, गुल्मी । गुल्मीका कोरोाना संक्रमित शिक्षकलाई कसरी कोरोना पोजिटिभ देखियो भन्ने बारे गाउँपालिकाले अध्ययन सुरु गरेको छ । गाउँपालिकाले बुधवार एक बिज्ञप्ती जारी गर्दै ’लकडाउन अबधीभर घरमै रहेका उहाँलाई कसरी कोभिड-१९ को पोजेटिभ कसरी देखियो भनेर अध्यन भइरहेको जनाएको छ ।

मदाने गाउँपालिका–६ का ४१ बर्षिय कोरोना संक्रमित शिक्षकको आईसियूमै उपचारत रहेको गाउँपालिकाले बताएको छ । मदाने गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै बिरामीको स्वास्थय लाभको कामना समेत गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालकै आईसियु कक्षमा उपचार भैरहेको समेत उल्लेख गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा संक्रमित शिक्षकले अध्याापन गरेको बिद्यालयमा क्वारेन्टाईन स्थापना नगरिएको स्पष्ट्र पारिएको छ ।

उनको हालको स्वास्थ्य अबस्था र घर नजिकै क्वारेन्टाईन थियो भन्ने समाचार भ्रामक भएको बिज्ञप्तीमा उल्लेख छ । क्रिमसन अस्पतालले समेत गुल्मीका संक्रमित शिक्षक आईसियुमा उपचारत भएको तर अबस्था भने गंभिर रहेको बिज्ञप्ती मार्फत जनाएको छ ।

कोरोना संक्रमित बिरामीका सम्र्पकमा आएका ३० जनाको स्वाब संकलन

कोरोना संक्रमित बिरामी फेला परेपछि मदाने गाउँपालिकाबाट ३० जनाको स्वाब संकलन गरेर पिसिआर चेकको लागि बुटवलमा पठाइएको छ । सोमबार जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–६ का ४१ वर्षियामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित बिरामीका आफन्त र सम्पर्कमा आएकाहरुको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीबाट गएको टोलीले स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइउको मदाने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । मदाने गाउँपालिकाको क्षेत्रलाई जेठ ५ गते साँझदेखि अर्को सूचना जारी नभएसम्मको लागी पूर्ण रुपमा सिल गरिएको छ ।

कोरोना संक्रमित फेला परेपछि छिमेकी जिल्लाहरुले सिल गरेका छन् । संक्रमित गाउँपालिकाको सिमानामा अर्घाखाँची र प्युठान जिल्ला पर्दछ । ति जिल्लाहरुले नाकाहरुमा थप सर्तकता अपनाएका छन् । जिल्लामा पनि छिमेकी पालिकाहरुले थप सर्तकता अपनाएका छन् ।

संक्रमित बिरामी फेलापरेसँगै उनिसँगै निजिकिएकाहरु सबैलाई पहिचाहन गरि आरडिटी र पिसिआर परिक्षण गर्ने कार्य तिब्र पारिएको जिल्ला प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । मदाने गाउँपालिकामा स्वस्थ्य कर्मी खटिएपछि जेठ ६ र ७ गते गुल्मी अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णय अनुसार २ दिन बन्द गरिएको थियो ।

तोकिएको एरिया सिल गरेको समयमा आवत जावत गर्नेलाई आबश्यकताअनुसार नियन्त्रणमा लिई कानूनी कारवाही अगाडी बढाउने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पाण्डेयले बताए । संक्रमित व्यक्ति गुल्मी जिल्लामा कोरोना पोजिटिभ देखिने पहिलो व्यक्ति हुन् ।

उनि शिक्षक रहेको बताइएको छ । उनलाई कसरी कोरोना भाइरस सरेको भन्ने खुलेको छैन् । उनिसँग धेरै व्यक्तिहरु सम्पर्कमा रहेकाले सबैको तत्कालै पहिचाहन गरेर चेकजाँचलाई अगाडी बढाइने अधिकृत पाण्डेयले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D