जिल्ला समाचार

रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको डि.आर.आर. भिजिट सम्पन्न

बुटवल, फागुन २६ । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही ले रोटरी बर्ष २०१९–२० को अफिसियल डि.आर.आर. भिजिट शनिबार सम्पन्न भएको छ । आर.आई. डिस्ट्रिक नेपाल भुटान ३२९२ का डि.आर.आर. स्नेहा शाक्यले तिलोत्तमा रुपन्देही छोटो समयमै यो क्लबले डिष्ट्रिक्टमा आफ्नो धेरै राम्रो पहिचान बनाएकोमा प्रशंसा गरिन् । सबै कार्यहरु सराहनीय गरेको भन्दै समाजमा केहि परिवर्तन गर्न सकिन्छ भन्ने योजनाका साथ क्लब अगाडी बढेकोमा सकरात्मक पक्ष रहेको जेड .आर.आर. शाक्यले बताईन् ।

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद शर्माले रोटरी र रोट्रयाक्टले हरेक दिन समाजको लागि काम गरिरहेको छ र सधै गरिरहने प्रतिबद्धता गरे । “कमाएर मात्र सामाजिक भईदैन, क्लबले कमाएको केहि प्रतिशत सामाजिक काममा योगदान गर्न पनि सिकाएको छ “, शर्माले बताए ।

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रेशम खड्काले क्लबले अहिले सम्म समाज परिवर्तनमा प्रती क्लबले खेलेको भूमिकाको र आगामी दिनहरुका थुप्रै कार्यक्रम तथा योजनाहरुको बारेमा प्रकाश परेका थिए । क्लबका सबैखाले योजनाहरु सफल पार्नको लागि सबैको निरन्तर साथ र सहयोग आवश्यकता पर्नेमा पनि खड्काले जोड दिएका थिए ।

कार्यक्रममा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद शर्मा, ए.डी.एस. संविध घिमिरे, जोन ११ का जेड.आर.आर. प्रकाश शर्मा, जेड.एस. किरण न्यौपाने, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका संस्थापक अध्यक्ष मोहन न्यौपाने, निवर्तमान अध्यक्ष नवीन थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रदीप पोख्रेल क्लब सर्विस, सुबाश केसी कम्युनिटी, माधव ढुंगाना र सरोज पोख्रेलले क्लवले गरेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए । यसै कार्यक्रममा तिलोत्तमा रुपन्देहीले अहिले सम्म गरेका कामहरुको बारेमा बनाएको तिलोत्तमा चिनारी पनि विमोचन गरिएको थियो । क्लवका ३९ जना सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा सदस्य महेश पौड्यालको स्वागत, निवर्तमान अध्यक्ष नवीन थापाको धन्यवाद ज्ञापन तथा सचिव कृष्ण भण्डारीले सञ्चालन गर्नु भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D