अप्डेट (दिउँसो २:३०): आज शुक्रबार बिहान लागेको आगो रेसुङ्गा नगरपालिकाको दमकल, प्रहरी, स्थानीय लगायतको सक्रियतामा नियन्त्रणमा आएको छ ।
गुल्मी, जेठ ३१ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ साखिनेडाडाँ नजिकै रहेको जङ्गलमा भिषण आगलागी भईरहेको रेडियो रेसुङ्गाले खबर प्रसारण गरेको छ ।
आगालागीका कारण जङ्गल नजिकै रहेको एक घर जोखीमा रहेको स्थानीय रविन पाण्डेयले जानकारी दिए ।
रेसुङ्गा नगरपालिकाको दमकल, प्रहरी, स्थानीय लगायतको सक्रियतामा आगो नियन्त्रणको प्रयास भईरहेको पाण्डेयले बताए ।