gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

रेसुङ्गा विमानस्थलबाट बैशाखदेखि नियमित उडानको तयारी

अनिल खत्री
२४ फागुन, गुल्मी । गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको नियमित उडानको तयारी हुँदैछ । विमानस्थलको पछिल्लो अबस्था र नियमित उडानका लागि पूर्वमन्त्री प्रदीप ज्ञवाली सहित सरकारी टोलीले निरिक्षण गरेको छ । निर्माणधिन रेसुङ्गा विमानस्थलबाट आगामी बैशाखसम्म उडान गर्ने गरी काम अगाडी बढाइएको छ ।

यो पनि पढ्नुस्: रेसुंगा बिमानस्थलको धावनमार्ग कालोपत्रेका बिषयमा पुर्वमन्त्री ज्ञवालीको असन्तुष्टि: भने, “आहा ! भन्ने स्थिती छैन”

निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु तिब्र रुपमा अगाडी बढेका छन् । विमानस्थलबाट छिटो भन्दा छिटो नियमित उडान र पछिल्लो कामको अबस्था बारे जानकारी लिनका लागि पूर्वमन्त्री गुल्मी क्षेत्र नम्बर–१ का सांसद प्रदीप ज्ञवाली सहित सरकारी टोलीले निरिक्षण गरेको छ । अहिले विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । भने टर्मिनल भवन रङ्ग रोगन सहितको काम अबको १५ दिन भित्र सम्पन्न हुने निर्माण व्यवसायी हरिकाुमर श्रेष्ठले बताए ।

विमानस्थल निरिक्षणमा पुगेका ज्ञवाली सहितको सरकारी टोलीलाई रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले विमानस्थलको पछिल्लो अबस्थाको बारेमा जानकारी गराएका थिए । धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले बिभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन थिएन । तर अहिले भने विमानस्थलका अन्तिम चरण कामहरु सम्पन्न हुने थालेका छन् । जिल्ला जिल्लामा विमानस्थल बनाउ भन्ने लहरको आधारमा विमानस्थल निर्माणको काम अगाडी नबढाएको विमानस्थल निरिक्षणका क्रममा ज्ञवालीले बताए ।

गुल्मी जिल्लाको भौगोलीक अवस्था, नजिकका शहर पुग्न भोग्नुपर्ने अनेकौं कठिनाईहरु, बढदै गइरहेको आर्थिक गतिबिधी, स्वास्थ्य उपचार लगायत बिभिन्न आपतकालिन अबस्थामा नागरिकको सेवाका लागि विमानस्थल निर्माणको काम अगाडी बढाइएको ज्ञवालीले बताए । विमानस्थलका अन्तिम चरणका कामहरुले गतिलिएसँगै आगामी बैशाखबाट नियमित उडानका गर्ने ठाउँमा पुगेको ज्ञवालीले बताए । उनले नियमित उडानका लागि नागरिक उड्यन र बिभिन्न प्राइभेट एअरलायन्सहरुसँग छलफल गरिरहेको बताए ।

ज्ञवालीले कतिपय एअरलायन्सहरुले यस्तै विमानस्थलहरुलाई ध्यानमा राखेर नयाँ विमानहरुको खरिदको प्रक्रिया अगाडी बढाएको समेत उल्लेख गरे । आफैले थालेको काम सबैको जोड बिन्दुबाट अन्तिम चरणमा पुग्दा खुसी लागेको ज्ञवालीले बताए । धावनमार्ग कालोपत्रेको क्रममा केहि फिनिसिङ्ग नदेखिएकाले मिलाउन निर्माण व्यवसायीलाई आग्रह गरे । विमानस्थल निर्माणका क्रम बाँकी रहेका कामहरु छिटो भन्दा छिटो सम्पन्न गरेर हस्तातरण गर्न निर्माण व्यवसायीलाई आग्रह गरे ।

ज्ञवालीले छिट्टै सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षाको आबश्यक प्रबन्धका लागि स्थायी रुपमा सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । गुल्मेली जनातको सपना जहाज उडोस भन्ने त्यो छिट्टै साहाकार हुने बिश्वास दिलाए । तम्घास देउरालीबाट विमानस्थलसम्म र विमानस्थलबाट राङवाससम्म पुग्ने मोटरवाटो कालोपत्रे गर्न बजेटको व्यवस्था गरिएको ज्ञवालीले बताए । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो । तर परिक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएको थियो । धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपियामा गरिरहेको हो ।

टर्मिनल भवनको ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । विमानस्थलको अन्तिम चरणका कामहरुसँगै व्यवस्थापनको काम अगाडी बढेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । विमानस्थलको हालसम्म २४ करोड बढि रकम खर्च भएको छ । २०६३ सालमा विमानस्थलको शिलान्यास भएपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो ।

विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग रहेको छ । कुल १७८ रोपनी जग्गामा बिमानस्थलको एरिया छ । जसमध्ये ७८ रोपनी जग्गा व्यक्तिको र बाँकी जग्गा सार्वजनिक रहेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख परियारले बताए । रेसुङ्गा विमान स्थलका कारण १४ घर विस्थापती भएका थिए । विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सदियौंदेखि सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D