gulminews logo
बिहीबार, २०७९ भाद्र २

रेसुङ्गा बहुमुखी क्याम्पलाई QAA प्रमाण-पत्र, तम्घासमा बाजागाजा सहित र्‍याली निकालियो

अनिता खत्री
गुल्मी, जेठ १५ । गुल्मी जिल्लाकै शैक्षिक धरोहरको रुपमा स्थापित रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीले विश्व बिद्यालयको अनुदान आयोगद्धारा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन को प्रमाणपत्र (QAA) प्राप्त गरेको छ । ०७६ जेठ १२ गते क्वियू,ए.ए प्राप्त गरेपछि आज बिशेष कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्न आउनुभएका भित्रुवन विश्वविद्यालयका सहपरिक्षा नियन्त्रक पशुपति अधिकारीले जो कोहीले चाहेर (QAA) प्राप्त हुन नसक्ने बताउनुभएको छ । ‘लगानी हो, प्रक्रिया हो अर्को उत्पादन हो’ यी तिनवटा पक्षकहरु मजबुत भएकाले यो उपलब्धी हासिल भएको बताउनुभयो । उहाँले अब गुणस्तरीय शिक्षाका लागि जिल्ला छोडेर जान नपर्ने बताउनुभयो । जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसले शिक्षाको गुणस्तरमा अन्तर्राष्ट्रियस्तरको मान्यता पाएकाले क्वालाटीपुर्ण शिक्षाका लागि भौँतारिनु नपर्ने बताउनुभयो ।

अब क्याम्पसबाट प्राप्त हुने सर्टिफिकेट अन्तर्राष्ट्रियस्तरको सर्टिफिकेट बन्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष शालिकराम पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कि स्थापना हुँदा खेरी हामी खुसी भयौँ, दोश्रोपल्ट क्वियू,ए.ए सर्टिफिकेट प्राप्त गर्दा हामी खुसी छौँ ।’

पन्थीले अब क्याम्पसको भौतिक निर्माणका लागि सहयोग प्राप्त गर्ने बताउनुभयो । क्याम्पसको पठनपाठनमा राम्रो गर्न सकिने, विपन्न वर्गका लागि सहयोग गर्ने वातावरण सिर्जना हुने उहाँको भनाई छ । स्नातकतहको कुनै पनि प्राविधिक शिक्षा सञ्चालनका लागि यसले ढोका खोलेको बताउनुभयो ।

क्याम्पस प्रमुख हरी बहादुर खत्रीले अब क्याम्पसबाट उत्पादन हुने जनशक्ति अन्र्तराष्ट्रिय रुपमा दक्ष छ भन्ने प्रक्रिया क्याम्पसले प्राप्त गरेको बताउनुभयो । “कुनै पनि वस्तु उत्पादन गरेर अन्र्तराष्ट्रिय रुपमा त्यसलाई बेच्नका लागि योग्य छ भनेर अन्र्तराष्ट्रिय गुणस्तर मापचिह्न प्राप्त हुन्छ ।”, प्रमुख खत्रीले बताउनुभयो, “त्यसरी नै कुनै शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति अन्र्तराष्ट्रिय स्तरमा आफ्नो क्षमतामा त्यो दक्ष भन्ने प्रमाणिकरण गर्ने प्रक्रिया नै क्यूएए हो ।” उहाँले बसाईसराईका कारण बिद्यार्थीदर घटिरहेको सन्र्दभमा यसले केही रुपमा भएपनि नियन्त्रण गर्न सक्ने बताउनुभयो ।

क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, पूर्व क्याम्पस प्रमुख, प्रधाध्यापक, बिद्यार्थी, समाजसेवी लगायतको सहभागीतामा सदरमुकाम तम्घासमा बाजागाजा सहित ¥याली समेत निकालेको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख रामप्रसाद खनालले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

पुर्वप्रधानमन्त्री खनाल, पुर्वमन्त्री झाँक्री लगायत नेकपा एकीकृत समाजवादीका नेताहरु गुल्मी आउँदै

गुल्मी, भदौ ०२ । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल गुल्मी आउने

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D