जिल्ला समाचार

रेसुङ्गा नगरापालिकाले दिन थाल्यो २५ जना युवाहरुलाई ड्राईभिङ्ग तालिम

अनिल खत्री
४ जेठ, गुल्मी । गुल्मीमा रेसुङ्गा नगरपालिकाले बेरोजगार युवाहरुलाई लक्षित गरि सिप मुलक ड्राईभिङ्ग तालिम सुरु गरेको छ । बढदो बेरोजगार र युवाहरुको बिदेस प्रतिको मोहलाई निरुत्साहित गरि स्वदेसमै रोजगारको प्रबन्ध गर्न भन्दै नगरपालिकाको वडा नम्बर ७ ले देसमै नमूना स्वरुप तालिम सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाको वडा नम्बर ७ भित्र रहेका करिव २५ जना युवाहरुलाई तालिमा सहभागि गराइएको वडा अध्यक्ष मोहनप्रसाद पाण्डेयले जानकारी दिए । तालिमको एक कार्यक्रमको बिच सुभारम्भ गर्दै नगरप्रमुख डिल्लीराज भुसालले नगरभित्र रहेका बेरोजगार युवालाई रोजगारि सृजना गरि आफनै देसमै केहि गरेर खाने ब्यावस्था मिलाउने उदेश्य स्वरुप तालिम सुरु गरिएको बताए ।
driving training
उनले नगरभित्र बिभिन्न खाले सिपमुलक तालिमहरु भएतापनि यो कार्यक्रम देशमै नमूना हुँने बताए । अन्य गाउँपालिका तथा वडाहरुले यस्तो कामको अनुसरण गर्नु पर्ने भुसाललको भनाई छ । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक डोरबहादुर थापाले ड्राईभिङ्ग पेसालाई सम्मान जनक पेसा बनाउन अनुसाशित भएर सिक्न आग्रह गरे ।

थापाले सवारी दुरघटना न्यूनिकरण गर्न मुख्य गरि चालकको भुमिका भएकाले सिक्दा जिम्मेवारी पूर्वक सिक्नु पर्ने बताए । करिव १ महिना सम्म चल्ने तालिममा युवाहरुको उत्साह जनक सहभागिता रहेको तालिमका अनुगमन समितिका संयोजक मनोज कुमार पन्थीले बताए ।

पन्थीले वडा तहले बेरोजगार युवाहरुको समस्यालाई मध्य नजर गरेर ल्याएको यस्तो कार्यक्रम प्रभावकारी रहेको बताए । सोहि वडाले जेठ महिना भित्र आकर्षक पुरस्कार सहितको वडा स्तरिय फुटवल प्रतियोगिता गर्ने कार्यक्रम राखिएको पन्थीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D