जिल्ला समाचार

रेसुङ्गा नगरपालिकामै पहिलो महिला प्रधानाध्यापक भुसाल

अनिल खत्री
४ चैत, गुल्मी । संबिधानत कुनैपनि पदमा महिलाहरुको अनिवार्य व्यवस्था भएअनुसार कतिपय पदहरुमा महिलाहरु राख्ने गरेता पनि पछिल्लो समय यता केहि संस्थामा महिलाहरुले नै सञ्चालन गरेका छन् ।

संबिधानले व्यवस्था गरेअनुसार बाहेक अन्य पदमा महिलाहरुलाई जिम्मेवार पदमा कमैलाई दिने गरेको पाइन्छ । तर गुल्मी जिल्लामा केहि संघ संस्थाहरु महिलाहरु अर्ग पदमा रहेर सञ्चालनमा आएका छन् ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको एक बिद्यालयमा महिला प्रधानाध्यापक भएर बिद्यालय सञ्चालन गर्दै आएकी छन् । तम्घास स्थित उपल्लो तम्घास माध्यमिक बिद्यालयमा महिला प्रधानाध्यापक पिङ्की भुसाल महिला प्रधानाध्यापक भएर बिद्यालय सञ्चालन गर्दै आएकी हुन् ।

उनि रेसुङ्गा नगरपालिका भित्र रहेका माध्यमिक बिद्यामलयहरुमा पहिलो र एक मात्र महिला प्रधानाध्यापक हुन् । नगरपालिका भित्र रहेका ४४ वटा आधारभूत र माध्यमिक बिद्यालयमध्ये माध्यमिक तहको पहिलो महिला प्रधानाध्यापक भुसाल बनेकी हुन् ।

तत्कालिन प्रधानाध्यापक राममणी पन्थी लेखाजोखा समितिमा गएपछि गत पुस २० गते देखि भुसाल प्रधानाध्यापक बनेकी हुन् । झण्डै ६ वर्षे शिक्षण पेसा अनुभव समाल्हेकी भुसाल जिल्ला सदरमुकाम तम्घास निवासी हुन् ।

उनि यस अधि तम्घासकै प्रतिष्ठित बोडिङ्ग स्कुलमा अध्यापन गराउदै आएकी थिइन् । ०७२ सालमा सरकारी तर्फ नाम निकाल्न सफल भएपछि उनि हाल यस बिद्यालयमा अध्यापन गराउदै आएकी छन् ।

आफ्नो यस कार्यकालमा शिक्षा क्षेत्रमा परिर्वतन ल्याउन भरपुर लागि पर्ने बताइन । समाज परिर्वतनको अगं शिक्षा रहेकाले शिक्षाको ज्योतिलाई फैलान यस बिद्यालयमा धेरै सुधारका योजनाहरु बनाएर लागि परेको प्रधानाध्यापक भुसालले बताइन ।

जिल्ला सदरमुकाम तम्घासमा रहेका बिद्यालय भएपनि प्रयाप्त श्रोत साधानको आभाव रहेको प्रधानाध्यापक भुसालको भनाई छ । स्थानीय स्तरबाट महायज्ञको आयोजना गरेर कृषि तर्फ प्राबिधिक तहको पनि पढाई अध्यापन गराउदै आएको बिद्यालयमा धेरै श्रोत साधानको कमी रहेको प्रधानाध्यापक भुसालले बताइन् ।

उक्त बिद्यालय फरक क्षमता भएका बिद्यार्थीहरुले पढ्ने गुल्मी जिल्लामै पहिलो र एकमात्र बिद्यालय हो । जुन बिद्यालयमा फरक क्षमता भएका बिद्यार्थीहरु बिद्यालयमै बसेर पढ्दै आएका छन् । तर ति बिद्यार्थीहरुलाई अति आबश्यक पर्ने श्रोत साधानहरु कमी रहेका उनको भनाई छ ।

नगरपालिका भित्र हाल माध्यमिकतह १२ वटा, आधारभूत तर्फ २२ वटा बिद्यालय रहेका छन् । त्यस्तै संस्थागत तर्फ माध्यमिक तह ७ आधारभूत तह ३ रहेको रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा अधिकृत उपसचिव रामप्रसाद पाण्डेले बताए ।

नगरपालिका भित्र हाल ४६ वटा बाल बिकास कक्षाहरु रहेका छन् । नगरपालिकामा हाल आधारभूत तहमा ८ जना महिला प्रधानाध्यापक रहेका छन् । माध्यमिक तहमा प्रधानाध्यापक बाहेक १ जना मात्रै शिक्षिका रहेका छन् ।

नगरपालिकामा कुल शिक्षक मध्ये ४२ जना महिला शिक्षिकाहरु रहेका रेसुङ्गा नगरपालिका शिक्षा शाखाले जनाएको छ । कुल शिक्षकमध्ये झण्डै आदाको हाराहारीमा महिला शिक्षिकाहरुको संख्या रहेका छ ।

पछिल्लो समय यता महिला शिक्षिकाहरु बढ्दो क्रममा र जिम्मेवार पदमा रहेर कार्य गर्दै आएको रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शिक्षा अधिकृत उपसचिव पाण्डेको भनाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D