जिल्ला समाचार

रेसुङ्गा नगरको खाम्सेपानीको अग्लो डाँडामा लिफ्टिङ्ग मार्फत खानेपानी

अनिल खत्री
७ चैत, गुल्मी । धारामा पानी आउला र घरमै पानी बसीबसी पिउला भन्ने स्थानीले कल्पना समेत गरेका थिएनन होला । नजिकै पानीका मुहानहरु पनि नभएकाले र अग्लो स्थानमा रहेकाले पानी ल्याउन समेत कठिन अबस्थामा रहेको गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–४ को खाम्सेपानीमा लिफ्टिङ्ग मार्फत खानेपानी पुगेको छ । सदियौंदेखि खानेपानीको लागि समस्यामा रहेका खाम्सेपानी सेउघा वासीको खानेपानीको समस्या समधान भएको छ ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ को खाम्सेपानीमा लिफ्टिङ्ग मार्फक वडाकै रैदी खोलाको पानी तानेर अग्लो स्थनमा पुगेपछि पानीको समस्या समाधान भएको छ । रैदी पाण्डे भण्डारी टोल लिफ्टिङ्ग खानेपानी आयोजनाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् ।

वषौंदेखि खानेपानीको समस्या झेल्दै आएका त्यस स्थानका नागरिको घरघरमा एक घर एक धारामा पानी पुगेपछि सहज भएको छ । खानेपानीको समुदघाटन गर्दै नगरप्रमुख डिल्लीराज भुसालले सुख्खा डाँडामा लिफ्टिङ्ग मार्फत खानेपानी पुर्याउन पाउदा निकै खुसी लागेको बताए । उनले रेसुङ्गा नगरमा ठूला खानेपानी अयोजनाहरु चलिरहेकाले नगरका १४ वटा वडामा २ वर्ष भित्र खानेपानी लगिने बताए ।

रैदी खोलामा निजि जग्गामा रहेको पानीको मुल जग्गा सहित उपलब्ध गराएपछि लिफ्टिङ्ग मार्फत खानेपानी पुर्याउन सफल भएको रेसुङ्गा नगरपालिका वडानम्बर–४ का वडाअध्यक्ष बिजय मरासिनीले बताए । खानेपानीका लागि लामो समयसम्म रकम परेतापनि मुल नभएकै कारण समस्या पर्दै आएको थियो । तर पछि रैदीखोलामा रहेको खेतमा निजि गग्गामा मुल भेटिएपछि त्यो जग्गा वालाले मुल र जग्गा दिएपछि खाम्सेपानी वासीको घरमा खानेपानी पुगेको हो । खानेपानीको लागि सम्पन्न गर्न सहयोग गर्ने र जग्गा उपलब्ध गराउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

खानेपनी निर्माण सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले दिए । उनले वडावासीले खानेपानी पाउदा नगरपालिकाको शुसासनको सवालमा १ नम्बर थपिएको मरासिनीले बताए । लिफ्टिङ्ग मार्फत घरघरमा खानेपानी आएपछि स्थानीले खुसी व्यक्त गरेका छन् । खानेपानीकै लागि घण्टौं कुवा पधेरो धाएर दैनिकी बितेकाएका स्थानीयले घरमै पानी पाउदा खुसी भएका हुन् ।

रैदी पाण्डे भण्डारी टोल लिफ्टिङ्ग खानेपानी लुम्बिनी प्रदेश सरकारको ३० लाख र रेसुङ्गा नगरपालिकाको वातावरण अनुकुलीत रकमबाट १२ लाख गरि ४२ लाखको लागतमा सम्पन्न भएको हो । तत्काल ३५ घरमा एक घर एक धारा मार्फत खानेपानी बितरण गरिएपनि पछि थप बिस्तार गरिने भएको छ ।
रैदीखोलामा २० हजार लिटरको र खाम्सेपानीमा ३० हजार लिटरका २ वटा टंकी मार्फत खानेपानी बितरण गरिएको वडाअध्यक्ष मरासिनीले बताए । लिफ्टिङ्ग मार्फत खानेपानी पुगेपनि बिद्युत शुल्क धेरै आउने भएकाले महङ्गो पर्ने भएकाले त्यसतर्फ राज्यको ध्यान जानुपर्नेमा स्थानीयको माग रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D