हुमाकान्त पोखरेल
१२ पुस, गुल्मी । रेसुङ्गा बहुमुखि क्याम्पस तम्घास गुल्मीको ३५ औ बार्षिकोत्सव सुरु भएको छ । बार्षिकोत्सवको अवसरमा छात्र÷छात्रा भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, हाजिरीजवाफ, क्रिकेट जस्ता प्रतियोगिताहरु सम्पन्न भएका छन् । सोमबार भएको छात्र भलिबल प्रतियोगितामा कक्षा ११ को प्रकाश टेभी मगरको समूह प्रथम, कक्षा १२ को ए बाट अजय बुढाको समूह द्धितिय र कक्षा १२ कै बी समूहका आशिस घर्ती मगरको समूह तृतिय भएका छन् । त्यस्तै छात्रा टेबलटेनिसतर्फ वि. एड. तेस्रो बर्षका सन्ध्या भुजेल प्रथम र बि.एड. दोस्रो बर्षका सन्ध्या घर्ती द्धितिय भएका छन् ।
छात्र एकल टेबलटेनिसमा बी.एड. तेस्रो बर्षका समुद्र बोहोरा प्रथम, बी.बी.एस. दोस्रो बर्षका सागर राना द्धितिय तथा वि.बि.एस. तेस्रो बर्षका अजित सूर्यवशीं तृतिय भएका छन् । छात्र डबल टेबलटेनिसतर्फ बि.बि.एस. तेस्रो बर्षका निकलकमल पन्थी र शिव पन्थी, बि.बि.एस. चौथो बर्षका कल्याण श्रेष्ठ र अमृत श्रेष्ठ द्धितिय तथा कक्षा ११ का सरोज राकस र मौसम सारु तृतिय भएको रेसुङ्गा बहुमुखि क्याम्पस अतिरिक्त विभागका अध्यक्ष शिवलाल खनालले जानकारी दिए ।

आइतबार भएका छात्रा भलिबल प्रतियोगितामा बी.एड. दोस्रो बर्षका देवकला बुढाको समूह प्रथम तथा बि.एड. तेस्रो बर्षका राधिका थापाको समूह द्धितिय भएका छन् । मंगलबार भएको फुटबलतर्फ बि.बि.एस्. तेस्रो बर्षका बोम बहादुर भुजेलको समूह प्रथम, कक्षा ११ को सरोज ढेगा मगरको समह भएको छ । छात्रा ब्याडमिन्डन तर्फ बि.ए. कि सन्ध्या भुजेल प्रथम भएका छन् । त्यस्तै छात्रा डबल ब्याडमिन्टन तर्फ बि.एड् तृतिय बर्षका राधिका थापा र गरिमा घर्ती प्रथम भएका छन् ।
एकल छात्र ब्याडमिन्डमा हरी कुँवर प्रथम, बि.एड्.का बिमल छन्तेल द्धितिय तथा बि.बि.एस. का बोम बहादुर भुजेल तृतिय भएका छन् । ब्याडमिन्टन छात्रा डबल तर्फ बि.बि.एस्.का निलकमल पन्थी र शिव पन्थी प्रथम, बि.बि.एस्.का अनुप श्रेष्ट र अजित सूर्यवंशि द्धितिय तथा बि.ए.का सागर राना र समुद्र बोहोरा तृतिय भएका छन् ।
त्यस्तै बुधबार भएको हाजिरिजवाफ प्रतियोगितामा बि.बि.एस््. चौथो बर्षका मिना भट्राईको समूह प्रथम, बि.ए. तेस्रो बर्षका गोमा घिमिरेको समूह द्धितिय तथा बि.बि.एस् तेस्रो बर्षको समूह तृतिय भएका छन् । त्यस्तै छात्र क्रिकेट प्रतियोगितामा बि.बि.एस् संयुक्त बोम बहादुर भुजेलको समूह प्रथम तथा कक्षा १२ का सन्तोष सुनारको समूह तिद्धिय भएका छन् । त्यस्तै बिहिबार बिहान चेस प्रतियोगिता रहेको क्याम्पसले जनाएको छ ।
कार्यक्रम रेसुङ्गा बहुमुखि क्याम्पस अतिरिक्त क्रियाकलाप विभागका अध्यक्ष खनालको अध्यक्षता, क्याम्पस संचालक समितिका अध्यक्ष शालिकराम पन्थीको प्रमुख आतिथ्यता तथा बि.एड. दोस्रो बर्षका विद्यार्थी हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पस प्रमुख हरी प्रसाद खत्री, सहायक क्याम्पस प्रमुख गोपाल पाण्डे, गोविन्द गौतम, गुणनिधि शर्मा, गोपाल पाण्डे, क्याम्पसका उपप्रध्यापक नारायण भुसाल, मुकुन्द भण्डारी, लिलाधर आचार्य, पदम पाण्डे, रामप्रसाद खनाल, नेपाली सेनाका सह सेनानी राजिव बस्नेत तथा स्वतन्त्र विद्यार्थी युनियनका विभिन्न पदाधिकारीहरुको पनि आथिथ्यता रहेको थियो ।







