घटना-दुर्घटनाजिल्ला समाचारमुख्य हेडलाईन

रेसुङ्गामा वर्षेनी डढेलो करोडौ मुल्यको क्षती

अनिल खत्री
२९ चैत, गुल्मी । सुख्खा मौसमा सुरुभएलगत्तै गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा वनमा वर्षेनी लागेको वन डढेलोबाट करोडौ मुख्यको बन्य जन्त तथा बनस्तीको क्षती हुने गरेको छ । केहि दिन यता गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन् ।

रेसुङ्गा नगरपालिकामा पर्ने रेसुङ्गा क्षेत्रमा वर्षेनी आगोलागिका कारण करोडौं मुल्यको क्षती हुने गरेको छ । सुख्खा मौसम, पानी तथा जनशक्तिको अभाव, हावाहुरी र सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण आउन सकेको छैन् ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधी र केहि स्थानीयको आगोलागी क्षेत्रमा पुग्ने गरेपनि धेरै ठाउँमा आगोलागि भइरहेकाले नियन्त्रणमा हुन सकेका छैनन् । आगोलागिबाट सयौ रोपनी क्षेत्रफल रहेको रेसुङ्गा बन क्षेत्रमा क्षती हुने गरेको छ ।

रेसुङ्गा बन क्षेत्र ऐतिहाँसिक धार्मिक क्षेत्र हो । जहाँ अरवौ मुल्य बरावरको धार्मिक भौतिक संरचना रहेको छ । आगो नियन्त्रणमा ल्याउन नसकिए बन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौडाकोट, दुविचौर, तम्घास र अर्खले सम्मका घर वस्तीहरु जोखिममा पर्दछन् ।

तीन हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग प्रत्येक बर्ष डढेलोले ध्वस्त भएको हुने गरेको छ । आगोले प्रत्येक बर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख विरुवा जलेर नष्ट हुने गरेका छन् ।

रेसुङ्गा क्षेत्रबाट प्रत्यक्ष लाभ उठाने बलिथुम, गौडाकोट, तम्घास, सिमीचौर र दुबीचौर, भाडगाउँ, पराल्मी, अर्खलेका अधिकांश स्थानीय बासिन्दा रमिते बनेर बस्ने गरेका छन् । प्रत्येक पटक आगोलागीले रेडियो नेपाल, एनसेल, भ्यु टावर तथा यज्ञशाला लगायतका महत्वपुर्ण मन्दिर र भौतिक संरचना जोखिममा पर्ने गरका छन् ।

आगोलागी सम्बन्धी जनचेतना अभाव र हेलचेक्रयाईँका कारण हरेक वर्ष आगलागी हुने गरेको छ । रेसुङ्गामा ऐतिहासिक मन्दिर, पौवालगायत संरचना रहेपनि प्रत्येक वर्ष लाग्ने आगोको कारण जोखिममा पर्ने गरेका छन् ।

लागो लागेपछि धेरै समय नियन्त्रणमा नआउँदा कैयौँ जडीबुटी तथा बन्यजन्तुको अस्तित्व संकटमा परेको छ ।

जैविक विविधताको धनी रेसुङ्गामा बर्सेनि लाग्ने आगोले यिनीहरूको अस्तित्वमा संकट परेको छ । यस क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरे पनि अहिलेसम्म आगो लगाउनेलाई प्रसासनले पक्राउ गर्न सकेको छैन् ।

हाल जिल्लाका रेसुङ्गासँगै दैनिक जसो १ दर्जन बढि सामुदायिक बनमा आगलागि हुने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । सुख्खा सिजन हावाहुरी चलिरहेकाले आगो नियन्त्रणमा कठिनाही हुने गरेको पाण्डेले बताए ।

जिल्लामा फागुन यता दुइ हजार हेक्टर भन्दा बढी क्षेत्रफलको जंगल डढेलोका कारण नष्ट भएको कार्यालयले जनाएको छ । दिनहु आगलागिका घटनाहरु बढिरहेकाले बन जंगलमा ठूलो क्षती हुदै आएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D