जिल्ला समाचार

रेसुङ्गाको गौशालामा सामुहिक गाईपूजा

अनिल खत्री
११ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्ग गौशालामा औंशीको अबसरमा समुहिक रुपमा गाईपूजा र गौप्रवचन गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अबसर पारेर जिल्लाको धार्मिकस्थल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक रुपमा पूजा गर्दै आएको हो । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन औँसीको अबसरमा गाईको पूजा गरेर मनाउने प्रचलन रहेको छ । औंशीको अबसरमा जिल्लाको सदमरमुकाम तम्घाससँगै बिभिन्न स्थानबाट गाईको पूजा गर्नेहरुको बिहानै देखि भिड लाग्ने गर्दछ ।

यसपटक गाईको महत्व जनमानसमा बुझाउने उदेश्यले पहिलोपटक गौप्रचवन राखिएको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष नवराज भुसालले बताए । हिन्दुधर्ममा गाईको महत्वलाई बुझाउने उदेश्यले गौप्रवचन राखिएको भुसालको भनाई छ । गाईको संरक्षणको निम्ति प्रत्येक व्यक्तिबाट प्रतिदिन १ रुपैयाँ उठाउनको निम्ति असभयान पनि चलाइएको भुसालले बताए । गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन, तेल, रोटी, चामलको पिठो लगायत खुवाउने गर्दछन् । हिन्दुधर्ममा गाईको पुजा गर्नलाले स्वर्गको वासहुने मान्यता रहि आएको छ ।

गाईको पूजा गर्नाले आफुले भुल गरेर गरेका पापहरु नासहुने र पुण्य लाभ हुने धार्मिक मान्यता रहेको छ । गाईपूजा गरेसँगै देउसी भैलो खेल्ने प्रचलन पनि रहि आएको छ । रेसुङ्गासँगै रहेको गौशालामा २०४२ साल देखि गाईहरु पालिदै आएको छ । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घास वासी र छिमेकी गाउँपालिकाबाट मानिसहरु जाने गर्दछ । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ । रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।

गौशालामा हाल झण्डै २ सय गाईगोरुहरु रहेको रेसुङ्गा संरक्षण समिति अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । स्थानिय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा उक्त स्थानमा पालिदै आएको हो । बनमा चर्ने गाईको गहुतबाट बिभिन्न रोगहरुको निम्ति औषधी हुने मान्यता रहि आएको छ । प्राय सबै ठाउँमा स्थानिय जातका गाईहरु पाल्न छोडेकाले लोप हुने अबस्था गाइलाई बचाउनको लागि पनि गौशालामा गाईहरु पालिदैँ आएको छ । गौशालको धार्मिक ऐतिहासिक तथा पर्यटकिय बृहत्तर बिकसको निम्ति रेसुङ्गा नगरपालिकाले योजनाबद्ध रुपमा कामहरु अगाडी बढाएको रेसुङ्गा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसालले बताए ।

हाल गाईहरु रहेको स्थानमा संरचना निर्माण गर्ने काम भइरहेको नगरप्रमुख भुसालले बताए । हिन्दु धर्ममा गाई मात्र होइने गाईको गहुँतको पनि उत्तिकै महत्व रहेको छ । यसक्षेत्रको धार्मिक तथा पर्यटकिय महत्वलाई अगाडी ल्याउन बाटोसँगै अन्य धेरै पूर्वधारका बारेमा सोच्नुपर्नेमा यस क्षेत्रका स्थानीयको जोड दिएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D