जिल्ला समाचार

रेसुङ्गाका ७ र ९ नम्बर वडा जोड्न झोलुंगे पुल बन्ने

अनिल खत्री
गुल्मी, १९ पुस । गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ र वडानम्बर–९ जोडने नमूना झोलुंगे पुल निर्माण हुने भएको छ । वडा नम्बर–७ का स्थानीयलाई वडा नम्बर–९ मा आवत जावत गर्न र रेसुङ्गा नगरपालिकासँगै सदरमुकामका अन्य कार्यालयहरुमा जानको निम्ति सहज बनाउने उदेश्यले झोलुंगे पुल निर्माण हुन लागेको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–७ र वडानम्बर–९ जोडने झोलुंगे पुल निर्माण हुने भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–७ भुजलखर्क र वडानम्बर–९ बिद्युत कार्यालय नजिकैका स्थानीयलाई वारी पारी गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिडनुपर्ने भएपछि झोलुंगे पुल बन्न लागेको हो । झोलुंगे पुलको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लराज भुसालले शिलान्यास गर्नु भएको हो । शिलान्यास गर्दौ मेयर भुसालले तम्घासमा बन्न लागेको नमूना झोलुंगे पुलको समयमै गुणस्तरिय काम सम्पन्न गर्न आग्रह गरे । उहाँले यसभेगका नागरिकलाई नगरपालिका जान र वडा वडा बिच पनि वारि पारि गर्न घुमाउरो बाटो हिडनुपर्ने भएपछि त्यसको सहजताका लागि यो पुल निर्माण कार्य अगाडी बढेको बताए । नगरप्रमुख भुसालले आफना चुनावी प्रतिबद्धता अनुरुप कामहरु अगाडी बढेको बताए ।

झोलुंगे पुल पुल बन्न लागेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । जिल्ला सदरमुकामसँगै नजिकै रहेकाले यो पर्यटकीय पनि बन्ने स्थानीयको भनाई छ ।झोलुंगे पुल निर्माणको लागि सामाजिक तथा प्राबिधिक सहयोग सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मीले गरेको छ । कुल ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा उक्त पुल निर्माण हुन लागेको हो ।

झोलुंगे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत ९२ प्रतिशत, रेसुङ्गा नगरपालिकाको ६ प्रतिशत र उपभोक्ता समितिको २ प्रतिशत श्रमदानमार्फत बन्न लागेको सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मीका शब इन्जिनियर डिल्लीराज खनालले बताए । पुल निर्माणको लागि हेल्मेटार नेपाल (टिभिएसयु) लट्टा सहयोग गर्ने भएको छ ।

बिद्युत चोक बगाले खोला भुजेल खर्क जोडने पुलको लम्बाई ११८ मिटर लम्बाई रहेको छ । पुल निर्माणको लागि २०७७ साल असोज २८ गते रेसुङ्गा नगरपालिका र उपभोक्ता समिति बीच सम्झौता भएको थियो । सम्झौता भएको मितिले १ वर्ष भित्र पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D