gulminews logo
शनिबार, २०७९ असार १८

रेसुंगा १४ की आचार्यलाई घरमै गएर नागरिकता प्रदान

अनिल खत्री
१५ जेठ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले पूर्ण अशक्त ४८ वर्षीय पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आइतबार रेसुङ्गा नगरपालिका वडानम्वर–१४ की ४८ वर्षीय पूर्ण अशक्त पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुणयबिक्रम पौडेलले बताए ।

नागरिकता प्रदान गर्न प्रशासन कार्यालयसँगै जनप्रतिनिधीको पनि सहभागिता रहेको थियो । आचार्य एक्कासी बिरामी परेपछि थलिदै गएर पूर्ण रुपमा अशक्त बनेको परिवारले जनाएको छ । उनि अहिले बिस्तारामै दिसा पिसाव गर्ने अबस्थामा रहेकी छन् । उनि आफनी आमा ७० वर्षकी खिमा पुनसँगको हेरचाहामा रहेकी छन् । घरमा अन्य कोही नभएकाले बृद्ध आमाको साहारामा पूर्ण रुपमा अशक्त आचार्यको हेरचाह हुँदै आएको छ ।

गणतन्त्र दिवस नागरिकहरुले अनुभूती गर्ने खालको होस भनेर घरमै गई नागरिकता प्रदान गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । घरमै आएर नेपाली नागरिकता प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको सम्पूर्ण टोलीलाई पुनले धन्यबाद दिदैं सरकारको अनुभूति ढिलै भए पनि पाएको बताइन् । नागरिकता प्राप्तसँगै उनले नागरिकताको अभाबमा राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित हुन नपर्ने बताइन् । गणतन्त्र दिवसको अबसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालय परिसरमा सरसफाई गरेको छ ।

गणतन्त्र दिवसको अबसरमा रचानात्मक कार्य गर्ने उद्येश्यले कार्यालयको परिसरमा सरसफाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

सरकारदेखि जंगली जनावर र मनसुनबाट किसान पीडित, जिल्ला सभामा ध्यानाकर्षण गराउँदै स्थानीय सरकार प्रमुख

टोपलाल अर्यालगुल्मी, १६ असार । किसान मानो रोपेर मुरी फलाउने आशाका साथ खेतबारीमा व्यस्त छन्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D