जिल्ला समाचार

रेसुंगा क्याम्पसमै पहिलो पटक चौथो बर्षका विद्यार्थीहरुलाई बिदाई

हुमाकान्त पोखरेल
गुल्मी, ११ चैत । रेसुगां बहुमुखी क्याम्पसमा पहिलो पटक स्नातक चौथो बर्षका विद्यार्थीहरुलाई विदाई गरिएको छ । बी.एड्. र बी.बी.एस्. तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा बी.एड्. र बी.बी.एस्. चौथो बर्षका विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा स्नातक चौथो बर्षका विद्यार्थीहरुलाई टिका, माला र मायाको चिनोस्वरुप क्याम्पसको फोटो प्रदान गरिएको थियो । क्याम्पसमा प्रथम बर्षमा भर्ना भई आउने विद्यार्थीहरुलाई विभिन्न राजनीतिक दलका भातृ विद्यार्थी संगठनहरुले स्वागत कार्यक्रमको आयोजना गर्ने गरिएता पनि हालसम्म बिदाई कार्यक्रम भने कसैले गरेका थिएनन् । तर अहिले राजनीतिक आस्थाभन्दा माथि उठेर बी.एड् र बी.बी.एस्. तेस्रो बर्षका विद्यार्थीहरुद्धारा संयुक्त रुपमा बिदाई कार्यक्रम गरिएको आर्थिक समिति संयोजक निर्मला बस्नेतले जानकारी दिइन् ।

बिदाई कार्यक्रमपछि बोल्दै प्रमुख अतिथि क्याम्पस संचालक समिति अध्यक्ष शालिकराम पन्थीले तेस्रो बर्षका विद्यार्थीहरुले क्याम्पसमा राम्रो कामको सुरुवात गरेको बताए । त्यसका साथै उनले चौथो बर्षका विद्यार्थीहरुको उच्च शैक्षिक सफलताको कामना गरे ।

बिदाई कार्यक्रममा क्याम्पस संचालक समिति उपाध्यक्ष माधव ज्ञवाली, कोषाध्यक्ष धर्म विश्वकर्मा, सदस्यहरु अखिलेश्वर प्रसाद पाण्डे, राधा पन्थी, हरिलाल न्योपाने क्याम्पस प्रमुख हरी बहादुर खत्री, स्व.वि.यु. अध्यक्ष श्रीराम महत लगायत सहयाक क्याम्पस प्रमुखहरु, क्याम्पका सम्पूर्ण प्रध्यापक, उपप्रध्यापक, स्व.वि.यु.का अन्य पदाधिकारी तथा कर्मचारीहरुको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रम स्नातक चौथो बर्षका विद्यार्थीहरुलाई बिदाई कार्यक्रमका मुल आयोजक समिति संयोजक हुमाकान्त पोखरेलको अध्यक्षता, बी.एड्. तेस्रो बर्षमा अध्यनरत छात्रा पुजा भुसालको स्वागत मन्तब्य तथा आयोजक समिति सदस्य कमल कुँवर र लक्ष्मी अर्यालको संचालनमा सम्पन्न भएको हो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker