gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

रेसुंगामा कांग्रेसका पन्थीको अग्रता कायमै, वडा नं १२ मा कांग्रेसकै टण्डन बिजयी

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले फराकिलो अग्रता कायमै राखेको छ छ । नेपाली कांग्रेसका नगरप्रमुख उम्मेदवार खिलध्वज पन्थीले १ हजार भन्दा बढी मतको अग्रता लिएका छन् ।

पछील्लो अप्डेट अनुसार कांग्रेस उम्मेदवार पन्थीले ७ हजार ७ सय ६५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र पाण्डेले ६ हजार ६ सय १३ मत प्राप्त गरेका छन् ।

उता उपमेयरमा पनि नेपाली कांग्रेसकी अमृतादेवी कुँवरले अग्रता कायमै राखेकी छन् । कुँवरले ७ हजार ७ सय ६० मत ल्याएकी छन् । उपमेयरकै उम्मेदवार एमालेकी रिता पाण्डेले ६ हजार ५ सय ३४ मतका साथ कुँवरलाई पछ्याईरहेकी छन् ।

वडा नं १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार चेहर सिं टण्डनले जित निकालेका छन् । टण्डनले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका केशवराज पौडेल माथि जित निकालेका हुन् । एमालेका पौडेलले ३७१ मत लिएर पराजित हुंदा टण्डनले ४ सय ५५ मत ल्याएर बिजयी भएका हुन् ।

नगरको १४ वडामध्ये कांग्रेसले वडा नं २, ३, ४, ५, ७, ९, १०, १२ र १३ मा जित हासिल गरेको छ भने एमालेले वडा नं १, ६, ८ र ११ मा जित निकालेको छ । वडा नं १४ को नतिजा सार्वजनिक हुन बाँकी रहेको छ ।

नगरपालिकाको वडा नं १ मा एमालेका रामप्रसाद पन्थी विजयी भएका छन् । वडा नं २ मा एमालेका हिमाल कुँवरलाई हराउँदै कांग्रेसका हिराबहादुर थापा विजयी भएका छन्।

वडा नं ३ मा कांग्रेसकै बाबुराम खत्री विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर घर्तीलाई हराएका हुन्।

वडा नं ४ मा एमालेका चोलराज शर्मा कांग्रेसकै लीलाधर आचार्य विजयी भएका छन्।

वडा नं ५ मा पनि नेपाली कांग्रेसका दुर्गा प्रसाद खनाल विजयी भएका छन् । वडा नं ६ मा एमालेका गन बहादुर गुरुङले जित हासिल गर्दा वडा ७ मा कांग्रेसका रामजी पन्थी विजयी भए।

वडा नं ८ मा एमालेका निरन्जन काउछा विजयी भएका छन्। त्यस्तै वडा नं ९ कांग्रेसका कृष्ण प्रसाद पाण्डे र १० मा पनि कांग्रेसकै राम बहादुर बस्नेत बिजयी भएका छन् । वडा नं ११ मा एमालेका खुम बहादुर राना बिजयी हुँदा १३ मा कांग्रेसका हुम बहादुर बस्नेतले जित हात परेका छन् ।

रेसुङमा अघिल्लो निर्वाचनमा एमालेका डिल्लीराज भुसाल विजयी भएका थिए।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D