दिपा पन्थी
गुल्मी, जेठ २० । लोक रेडियो प्रा.लि. द्धारा संचालित रेडियो श्रृङ्गेश्वर एफ.एम छत्रकोट ३ हर्दिनेटा गुल्मीको आयोजनामा ३ दिने आधारभूत पत्रकारिता तथा रेडियो उदघोषण तालिम सम्पन्न भएको छ ।
रेडियो श्रृङ्गेश्वरका अध्यक्ष धातानन्द भुसालले तालिमले ३ वटा कुरामा प्रभाव पार्ने भन्दै सिप, क्षमता र ब्यक्तित्वमा परिवर्तन नआए तालिमको उपयोगिता नहुने बताउनु भयो । भुसालले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्दै सहभागिताका लागि प्रशिक्षार्थीहरुलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर दामोदर ज्ञवाली, मार्केटिङ म्यानेजर मोति श्रेष्ठ, बाबुराम भुसाल, इश्वरी बस्याल,गोमा रायमाझी,पदम नेपाली लगायतको आतिथ्यता रहेको थियो ।
रेडियोका स्टेसन म्यानेजर दामोदर ज्ञवालीले तालिममा सहभागिताका लागि धन्यबाद दिनुभयो । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट भुबन पाण्डे, ईन्दु पौडेल र रबिन ज्ञवालीले बोल्दै तालिमले आफ्नो ब्यक्तीत्व बिकासमा सहयोग पुर्याएको भन्दै आयोजकलाई धन्यबाद ब्यक्त गर्नुभयो ।
तालिममा गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाबाट २० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।