जिल्ला समाचार

रुरु संस्कृत तथा साघारण माबिको सतवार्षिकी कार्यक्रम तयारी पुरा, राष्ट्रपतीले उद्घाटन गर्ने

अनिल खत्री
गुल्मी, माघ २९ । गुल्मीको रिडी स्थित रुरु संस्कृत तथा साधारण माबिको सतवार्षिकी अबसरमा आयोजित कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बिद्यालयले जनाएको छ । रुरु गाउँपालिका रिडी स्थित रुरु संस्कृत तगा साधारण माबिले १ सय वर्ष पुरा गरेको अबसरमा सतवार्षिकी भोलि अर्थात फागुन १ गते देखि ५ गते सम्म बिभिन्न कार्यक्रमहरुका साथ मनाउने कार्यक्रहरु तयारी पुरा भएको बिद्यालयले जनाएको छ ।

सतवार्षिकी अबसरमा आयोजित मंगलवार हुँने सुभारम्ब कार्यक्रमको प्रदेश संसद कमलराज श्रेष्ठले गर्ने भएको बिद्यालया व्यावस्थापन समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवालीले जानकारी दिए । बिद्यालयले ५ दिन सम्म बिबिध कार्यक्रमहरु आयोजना गरेको छ ।

कार्यक्रम अन्र्तगत फागुन ४ गते सतवार्षिकी कार्यक्रमको उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । बिद्यालयमा संस्कृत विषयसँगै अन्य विषय पढाई हुँदै आएको छ । सोहि दिन राष्ट्रपति भण्डारी बिद्यालयको कार्यक्रम बाहेक रुरु स्थित कालिगण्डकी नदि र रिषीकेश मन्दीर दर्शन गर्ने कार्यक्रम रहेको रुरु फ्रेण्ड क्लवका पूर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए ।

त्यस्तै फागुन ४ गते नै राष्ट्रपति बिद्यादेवी भण्डारीले मुसिकोट नगपालिका वडा नम्बर ६ कुर्घा भुवाचिदी स्थित श्री त्रिभुवन माबिको स्वर्ण महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Show More

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।