गुल्मिन्युज
गुल्मी खैरेनी, भद्र १९ गते। रुद्रवेणी वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउपालिकामा पर्ने लुम्दीखोला देखि नादेवाखोला सम्मको सडक बिस्तार गर्ने कार्य भैरहेकाले केहि दिन बन्द गर्नु पर्ने भएको छ। दशैं नजिकिदै गर्दा बाटो स्तरउन्नति छिट्टो गर्नु पर्ने भएकोले यहि भाद्र १८ र १९ गते २ दिन मध्यान्ह १२ बजे देखि १:३० बजे सम्म र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र बाटो खुल्ला रहने र अन्य समयमा बन्द रहने सत्यवती गाउँ पालिकाको कार्यालयले जनाएको छ।
यहि भाद्र २० गते देखि २३ गते सम्म ठुलो पहरो फुटाउनुपर्ने भएकोले ४ दिन बाटो बन्द गरिने छ । २४ गते बिहान देखि भने बाटो पुर्णरुपमा सुचारु हुने छ। पालिका कार्यालयले उक्त बाटो बन्द रहेको समयमा साना सवारी साधनहरुले लुम्दीखोला एक्सिं हुदै हसरा जाने बैकल्पीक बाटोको प्रयोग गर्न सक्ने समेत जानकारी गराएको छ ।