अपराधजिल्ला समाचार

रिडीमा एक ट्याक्टर सालको काठ बरामत

अनिल खत्री
१५ असार, गुल्मी । गुल्मीमा ट्याक्टरमा लुकी छिपी ल्याउदै गरेको सालको काठ बरामत गरेको छ । आइतवार साँझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१ भटकुवाबाट लु ४ त १३७१ नम्बरको ट्याक्टरमा रिडी तर्फ ल्याउदै गरेको अबैध सालको काठ बरामत गरिएको हो ।

बरामत गरिएको काठ एक ट्याक्टर रहेको र कस्को भन्ने खुलेको छैन् । लुकी छिपी ल्याउदै गरेको काठ इलाका प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको स्रोतले बताएको छ । नियन्त्रणमा रहेका काट २९ वटा आठ फुटे र ४ वटा ३४ फुटे लम्बाई रहेको बताइएको छ ।

काठलाई नाप जँच गर्ने कार्य भइरहेको छ । नियन्त्रणमा लिइएको काठ बारे थप अनुसन्धान भइरहेको स्रोतले बताएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker