मुख्य हेडलाईन

रिडि मेलामा बेच्न राखियो नेपालकै सबैभन्दा ठुलो खुकुरी, मुल्य १ लाख रुपैँया

रिडि, माघ १ । नेपालकै सबैभन्दा ठूलो खुकुरी रिडिको माघे संक्रान्ती मेलामा बिक्रिका लागि राखिएको छ । ३५ किलो तौल भएको यो खुकुरी अत्यन्तै कलात्मक तथा आकर्षक रुपमा बनाइएको छ। खोल सहित रहेको यो खुकुरीको मूल्य १ लाख रुपैया तोकिएको छ। बाग्लुङको बुर्तिवाङका एक जना कालिगड द्वारा निर्माण गरिएको खुकुरी देशका बिभिन्न स्थानहरुमा प्रदर्शनमा राखी विभिन्न पुरस्कार समेत जितिसकेको छ। -रुरु नेटवर्क

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D