राहत वितरण गर्दा स्थानीय उत्पादन देउः गुल्मी काँग्रेस

जनार्दन घिमिरे
गुल्मी । बन्दाबन्दीका कारण समस्यामा परेका नागरिकहरुका लागि राहत सामग्री बितरण गर्दा स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउन नेपाली काँग्रेस गुल्मीले स्थानीय सरकारलाई आग्रह गरेको छ । नेपाली काँग्रेस गुल्मीको शनिबार सदरमुकाम तम्घासमा बसेको बैठकले उक्त निर्णय गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गरएको हो ।

विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न बाहिरवाट खाद्यान्न सामग्रिको आयात गर्दा जिल्लामा थप जोखिम उत्पन्न हुनुसक्ने खतरालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकहरुका लागि खाद्यान्न राहत सामग्रि वितरण गर्दा स्थानीय उत्पादनहरु मकै, कोदो, धान, गहुँ लगायतका खाद्यान्न वस्तुहरुलाई उपयोग गर्न काँग्रेसले आग्रह गरेको हो । स्थानीय उत्पादनलाई राहत सामग्रिको रुपमा बितरण गर्दा स्थानीय कृषकहरुमा समेत थप हौसला मिल्ने नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले बताए ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले जारिगरेकोे लकडाउन र जारी गरेका सम्पूर्ण निर्देशनहरुलाई पूर्णरुपमा पालनन गर्नका लागि नेपाली कांग्रेस गुल्मीले पार्टीको क्षेत्र, प्रदेश, गाउँ, नगर र वडा कार्य समितिलाई समेत काँग्रेस बैठकले आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ