जिल्ला समाचार

राष्ट्रिय पुन: निर्माण प्राधिकरणमा आगलागी पीडित र डोजर आतंकका पनि गुनासा: उपसचिब आर्चाय

तिलाचन पाण्डे
गुल्मी, बैशाख ३० । राष्ट्रिय पुन निर्माण प्राधिकरणका उपसचिब शंकरहरी आर्चायले आगलागी पीडित, डोजर आतंकका पीडितहरुको गुनासो पनि प्राधिकरणमा आउने गरेको बताएका छन् । राष्ट्रिय पुन निर्माण प्राधिकरणको आयोजना र जिल्ला कार्यन्वयन इकाई गुल्मीको संयोजनमा गुनासो तथा पुनराबेदन कार्यबिधि संबन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा आर्चायले यस्तो बताउका हुन् ।

२०७२ साल बैशाखमा गएको भुकम्पका मात्र गुनासोहरु प्राधिकरणमा आउनु पर्नेमा अन्य पीडितहरुको पनि गुनासो प्राधिकरणमा आएको भन्दै स्थानीय तहहरुले यसमा चनाखो भएर ध्यान दिनुपर्नेमा जोड दिए । पछिल्लो समयमा बैशाख मसान्त सम्म रहेको गुनासो तथा छुट संबन्धी समय एक महिना थप गरि जेठ मसान्त सम्म कायम गरिएको भन्दै यो समय नै अन्तिम भएकाले यस समय अबधिमा बास्तबिक भुकम्प पीडितहरु छुटन नहुने भन्दै यो आफ्नो पार्टी र अर्को पार्टीको भनि कसैलाई भेदभाब नगर्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरे ।

इन्जिनियरहरु जान्छन् तर स्थानीय तहका प्रमुखहरुलाई थाहा नै छैन

गुनासो संबोधनका लागि स्थानीय तहमा इन्जिनियरहरु गएको अनुदान ब्यबस्थापन तथा कार्यन्वयन इकाईले दाबी गरेको समयमा आफूलाई कुनै जानकारी नै नभएको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा मगरले गुनासो ब्याक्त गरे । इन्जिनियरहरुले कहाँ र कहिले गएका छन् हामीलाई थाहा नै छैन कसरी गुनासो संबोधन हुन्छ भन्दै उनले प्रश्न गरे ।

यस्तै मालिका गाउँपालिकाका प्रबक्ता शोभाखर गिरी र रुरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले गुनासो दर्ता भएकाहरुको के कति संबोधन भयो त्यो स्थानीय तहलाई केही पनि जानकारी नभएको बताए । इन्जिनियरहरु स्थानीय तहमा रहदा समन्वय गरेर अगाडी बड्न र संबनधित गाउँपालिका नगरपालिकामा पुननिर्माणको बिबरण पठाउने निष्कर्ष पनि छलफल बाट निस्कीएको छ । कार्यक्रममा स्थानीय तहका प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुको उलेख्य मात्रामा सहभागिता रहेको थियो ।

गुल्मी जिल्लामा पुर्ण रुपमा भुकम्पले क्षती पुर्याएका लाभग्राहीहचार हजार एक सय ४४ घरधुरी रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D