गुल्मी, साउन १३ । गुल्मीको सत्यवतीका पहिरो प्रभावितहरुलाई राष्ट्रिय जनमोर्चा गुल्मीले राहत रकम प्रदान गरेको छ ।

जनमोर्चाले १ लाख ६० हजार नगद राहत स्वरुप पहिरो प्रभावितलाई प्रदान गरेको हो । आज राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन राना, नेकपा मसाल गुल्मीका प्रवक्ता आमेन्द्र कुँवर, राष्ट्रिय जनमोर्चाका सचिव छविलाल सर्तुङ्गे, गुमानसिंह पुन, श्यामलाल पन्थ, कमल पुलामी, टिकाराम भण्डारी, शंकर प्रसाद पोख्रेल, कुमार खनाल लगायतको टोलीले घटनास्थलमा पुगेर राहत रकम हस्तान्तरण गरेको हो ।
टोलीले वडा नम्बर ३ का वडाध्यक्ष रुक बहादुर राना लाई र वडा नम्बर ४ का वडा अध्यक्ष दान बहादुर रानालाई उक्त रकम हस्तान्तरण गरेको छ ।
यस्तै मृतकका परिबारलाई ७५०० रुपैयाको दरले राहत रकम प्रदान गरेको छ ।