मुख्य हेडलाईनसाहित्य

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

काठमाडौं, भदौ ०२ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । राष्ट्रकवि घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ लैनचौरस्थित निवासमा निधन भएको हो।

गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए । वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार थिए ।

बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए। उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D