मुख्य हेडलाईन

रानीमहलको जग्गा मिलेमतोमा व्यक्तिका नाममा

काठमाडौं, असार २३ । नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ । माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा रानीमहलका जग्गा शंकास्पद रूपमा अतिक्रमणमा परेको तथ्य फेला परेको हो । सतर्कता केन्द्रका अनुसार १८ माघ २०६२ मा पाल्पा दरबारमा आगलागी हुँदा मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएका थिए ।

तत्पश्चात् १२ असार २०६३ मा नयाँ स्रेस्ता कायम गर्न माग गर्दै खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठले गाविस कार्यालयमा स्रेस्ता कायम गर्न माग गर्दै निवेदन दर्ता गराएको पाइएको छ ।

सोही निवेदनको आधारमा मालपोत कार्यालयले स्रेस्ता कायम गरिदिएको थियो । यो कार्यमा मालपोत कार्यालयको भूमिका शंकास्पद पाइएको छ । केन्द्रको छानबिन प्रतिवेदनअनुसार २०६० सालमा मिसिल नम्बर ३ सय ६० खडा गरी कित्ता ६सय ६० अन्तर्गत मोही महालक्ष्मी श्रेष्ठ कायम भएको पुर्जा प्राप्त गरेको देखिन्छ ।

सोही आधारमा ५ असोज २०७२ मा मालपोत कार्यालयको निर्णयले मोही नामसारी हुन गएको मालपोतको रेकर्डमा पाइएको थियो । हाल सो कित्ता तारामान श्रेष्ठ, निलम श्रेष्ठ र तानसेन नगरपालिका–७ को नाममा नामसारी भइसकेको छ । -राजधानी दैनिकबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D