gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

राजनिति प्रतिस्पर्धाको होइन विकासका लागि हुनुपर्छ ः मेयरका उम्मेदवार पाण्डेय

अनिल खत्री
२ बैशाख, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (एमाले) को तर्फबाट सर्वसम्मत उमेदवार बनेका इन्जिनियर राजेन्द्र प्रसाद पाण्डेयले राजनिति प्रतिस्पर्धाका लागि नभइ विकासका लागि हुनुपर्ने बताए । तम्घासमा पत्रकार सम्मेलन गर्दै उम्मेदवार पाण्डेयले राजनितिलाई विकाससँग जोडनुपर्ने बताए ।

नगरमा आफ्नो पार्टीको संगठन बलियो भएको बताएका छन् । अघिल्लो निर्वाचनमा देखिएको मतपरिणाम र आफु सबै कुरामा सक्षम रहेका कारण आफुले सजिलै जित्ने बताए ।

थुप्रै सम्भावना रहेर पनि विकास निर्माणाका काम नभएको रेसुङ्गामा बसाइँसराइ रोक्नु आफ्नो पहिलो प्राथमिकता रहेको पाण्डेयको भनाइ छ । ‘आधारभूत विकास निर्माणका काम भएमा बसाइँसराइ रोक्न सकिन्छ ।’

नगरप्रमुखका उमेदवार पाण्डेयले भने, “शिक्षा, स्वास्थ्य र रोजगारी भएमा बसाइँसराइ हुदैन् ।” आन्तरिक रोजगारी सिर्जनमा गर्नेमा उनको जोड छ ।

रोजगारी सिर्जनाका लागि आफ्ना थुप्रै योजना रहेको पाण्डेयले बताए । तराईसँग नजिकको दुरीमा रहेको गुल्मी सडकका कारण आवतजावतमा दिन बित्ने समस्यालाई अन्त्य गरेर तराईबाट दुई देखि साढे दुई घण्टामा गुल्मीको सदरमुकाम तम्घासमा आउन सक्ने गरि सडक बिस्तार गर्नुपर्नेमा आफु केन्द्रित रहेको उनले बताए ।

जागिरको शिलसिलामा नेपालका बिभिन्न ठाउँमा गरेको आफनो भनुभवलाई नगरमा प्रयोग गर्ने पाण्डेयले बताए । उनले नगरभित्र कसरी विकास गर्नु पर्छ भन्ने त्यो मोडल आफुसँग रहेको बताए ।

आफु नगरमा निर्वाचित भएपछि अघिल्ला जनप्रतिनिधिले सुरु गरेका क्रमगत योजना पुरा, स्वास्थ्य, शिक्षा क्षेत्रको परिवर्तन र आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै नगरबासीको आधारभूत आवश्यकतालाई पु्रा गर्न सरकारी जागिर छोडेर आफु खुल्ला राजनितिमा आएको पाण्डेयले बताए ।

आफु नगरप्रमुखका बिजयी भएपछि त्यो सम्भव हुने उनको प्रतिक्रिया छ । सदरमुकाम तम्घासलाई पुराउने लयमा फर्काउन सुविधा सम्पन्न होटल र सडकको बिस्तार मुख्य रहेको उनले बताए ।

प्रकृतिले दिएको सुन्दर ठाउँ गुल्मीलाई विकासबाट पछाडि पारिएकोले आफु कर्मचारीबाट अवकाश भई खुल्ला राजनीतिमा लागेको पाण्डेयको भनाइ छ । स्थानीय चुनाबमा दल भन्दा ब्यक्तिलाई छान्ने भएका कारण काँग्रेस कार्यकर्ताले पनि आफूलाई मत हाल्नेमा ढुक्क रहेको बताउँदै सचेत नागरिकले आफूलाई रोज्ने पाण्डेयको दाबी छ ।

उनले स्थायी कर्मचारीको रुपमा ३२ वर्ष ४ महिना इन्जिनियरको क्षेत्रमा अनुभव संगालेका छन् । ५६ वर्षीय पाण्डेय रेसुङ्गा नगरपालिका वडानम्बर–१ का स्थायी बासिन्दा हुन् ।

उनी कक्षा ६ मा पढ्दा अनेरास्ववियु पाँचौको महेन्द्र माध्यमिक विद्यालयको कमिटीमा उपाध्यक्ष भएका थिए । २०४० मा एसएलसी दिएपछि इन्जिनियरीङ कमिटीमा ३ वर्षसम्म रहेर काम गरे ।

तत्कालिन खानेपानी तथा ढल निकास कार्यालयबाट जागिर सुुरु गरेका पाण्डेयले २०४६ मा स्थायी जागिरमा नाम निकालेका थिए । २०४८ मा भएको कर्मचारी आन्दोलनमा बाँके जिल्लामा कार्यरत हुँदा २८ दिन हिरासतमा समेत बसेको उनी आन्दोलनको शिलशिलामा पुनः २ दिन हिरासतमा बसेका थिए ।

आफु जागिरबाट ६ महिना निलम्बन समेत भएको उनले बताए । २०५० गुल्मीमा कर्मचारीको रुपमा कामगर्न आए ।

नेपाल निजामती कर्मचारी संगठन गुल्मीको ४ वर्ष अध्यक्ष बने । त्यसपछि उनी कर्मचारी संगठनको केन्द्रीय प्रतिनिधिको रुपमा रहे । २०६२ मा इन्जिनियरीङ पास पछि तत्कालीन आवास तथा भौतिक मन्त्रालयमा इन्जिनियरको रुपमा नाम निकाले ।

कर्मचारीको रुपमा सेवा गर्दै २०७८ माघ १८ गते राजिनामा पछि खुल्ला राजनीतिमा आफु क्रियाशील रहेको नगरप्रमुखका उमेदवार पाण्डेयले बताए । रेसुङ्गा नगरपालिमा अन्य राजनीतिक दलहरुले भने नगरप्रमुखको उमेदवार घोषणा गरेका छैनन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D