जिल्ला समाचार

राजतन्त्र पुनःस्थापनाको लागि गुल्मीमा जिल्लास्तरीय नागरिक भेला

हुमाकान्त पोखरेल
गुल्मी, १४ फागुन । राजतन्त्र पुनस्थापनाका लागि जिल्लास्तरीय नागरिक भेला शुक्रबार गुल्मीमा सम्पन्न भएको छ । भेलाले अर्जुन कार्कीको संयोजकत्वमा १७ सदस्यिय नेपाल नागरिक अभियान, जिल्ला कार्य समिति गुल्मीको गठन गरेको छ ।

सह–संयोजकमा नारायण पन्थी, सचिवमा अर्जुन श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द पाण्डे लगायत अन्य सदस्यहरु रहेका छन् । भेलामा बोल्दै संस्थाका पश्चिमाञ्चल क्षेत्रिय संयोजक लाल बहादुर थापा क्षेत्रीले अहिलेको शासन व्यवस्थाले नागरिकले सोचेजस्तो शु–शासन आउन नसकेकोले आफुहरुले शासन व्यवस्था नै परिवर्तन गर्नेगरी अभियान चालेको बताए ।

भेलाद्धारा गठित समितिलाई गाउँ–गाउँमा परिचालित गर्ने र सबै नागरिकलाई राजतन्त्र र हिन्दु राष्ट्र पुन:स्थापनाका लागि पहल गर्ने क्षेत्रीको भनाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D