रकम हिनामिना गरेको आरोप लगाउने व्याक्ती विरुद्ध कानुनी उपचार खोज्ने वडाध्यक्ष चन्दको चेतावनी

गुल्मी, ४ असार । वडामा योजना छनौट नहुँदै वडा अध्यक्षले ५ लाख हिनामिना गर्यो भनेर सामाजिक संन्जालमा लेख्ने व्याक्ती विरुद्ध कानुनी उपचार खोज्ने मदाने गाउँपालिका १ अग्लुङका वडा अध्यक्ष सुशील चन्दले चेतावनी दिएका छन । अहिलेसम्म वडामा कुनै योजना छनौटको काम समेत नभईरहेको अवस्थामा अध्यक्षले ५ लाख पैसा खायो हिनामिना गर्यो भन्दै शनिवार सामाजिक संन्जालमा लेख्ने व्याक्तिलाई २ रुपैया हिनामिना गरेको प्रमाण लिएर आउन समेत उनले चुनौती दिएका छन् ।

बजेट कसरी बन्छ, कार्यान्वयनका चरणहरु के के हुन सामान्य ज्ञान समेत नराखी प्रतिसोधको भावनाले आफुलाई बदनाम गराउन खोजिएको अध्यक्ष चन्दले जिकिर गरे । मदाने गाउँपालिका १ अग्लुङले ५ र ६ गते टोल टोलमा गई योजना छनौट गर्ने र ७ गते सर्वपक्षीय सर्बदलिय छलफल गरि ८ गते गाउँ पालिकामा सिफारिस गर्ने कार्यक्रम रहेको छ ।

यस्तो छ अध्यक्ष चन्दको वक्तव्य:

“अादरणिय अग्लुङ्गवासि अामाबुबा दाजुभाइ तथा दिदिबहिनी हरु नमस्कार
अाज म जनप्रतिनिधिहरुकाेलागि अभिमुखिकरण तालिम गा पा काे केन्द्र पुरकाेटदहमा थिए तालिमको नियम अनुसार फाेन अफ थियोे तालिम सकिएपछि फाेन खाेलेर सामाजिक सन्जाल हेरेको अत्यन्तै दुख लाग्यो अत्यन्तै दुखि भए मदाने गा पा काे अार्थिक ७९ /८० काे नीति तथा कार्यक्रम माथि अहिले छलफल भईरहेकाे छ तर अग्लुङ्गमा पालिकाले दिने बजेटकाे बिषयमा वडा अध्यक्षले बजेट खायाे निजि प्रयाेग गर्याे जस्ता शब्दले अत्यन्तै लज्जाबाेद भयो यहाँहरु माझ यो कुरा प्रस्ट पार्ने चाहान्छु कि हाम्रो वडाकाे टिमले असार ५ ६ गते साविकका वडा वडामा पुगेर याेजना छनाेट गर्ने ७ गते सर्वपक्षीय सर्वदलिय छलफल गरेर ८ गते वडा बाट गा पा मा बजेट सिफारिस गर्ने असार १० गते गा पा ले बजेट प्रस्तुत गर्ने तयारीमा छाै तर अग्लुङ्गमा साविकका वडा वडा मा पुगेर याेजना छनाेट नगर्दै बजेट अायाे अध्यक्षले बजेट खायो भन्ने जस्ता सामाजिक सन्जालमा देख्दा मेरो गम्भीर ध्यानाकर्षण भएको छ बजेट कसरी बन्छ कार्यनयनका चरण के के हुन रकम निकासा कसरी हुन्छ प्राबिधिक मुल्यांकन चाहिन्छ चाहिन्न केही कुरा नबुझि प्रतिसाेध साधेर लेखिएका यस्ता स्टाटसले उक्त ब्यक्तिकाे स्तर प्रस्ट भएको छ म अग्लुङ्गवासि अामाबुबा दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक अपिल गर्दछु कि अागामि बर्षकाे बजेट कस्तो बनाउने कसरी जनतालाई छुन्छ सकारात्मक सल्लाह सुझाव दिन हार्दिक अनुरोध गर्दछु अग्लुङ्ग हामी सबैको साझा हाे अग्लुङ्गलाई अग्लुङ्ग जस्तो बनाउनु छ यसमा सबैको साथ सहयोग अति अाबश्यक छ म माथि लगाईएकाे गम्भीर अाराेपकाे म प्रमाणित गर्ने ठाडाे चुनाैति दिन चाहान्छु मैले जन्मे पश्चात् राज्यकोषबाट २ रुपैयाँ पनि हिनाबिना गरेको प्रमाण लिएर अाए प्रमाणित भए कानुन अनुसार सहन बुजन तयार छु म माथि लगाईएकाे झुठाे मानहानियुक्त अाराेपकाे कानुनी उपचार खाेज्ने छु म अग्लुङ्गकाे सेवक हु ।”

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ