योगदान राष्ट्रको लागिको गुल्मी शाखा गठन, अध्यक्षमा छेत्री

सन्जय खनाल
गुल्मी, माघ ०८ । गुल्मीमा योगदान राष्ट्रको लागि नामक सँस्थाको जिल्ला शाखा स्थापना भएको छ । गुल्मीमा केहि युवाहरु मिलेर सामाजिक एवं मानवीय कार्य गर्ने हेतुले संस्थाको जिल्ला शाखा स्थापना गरेका हुन् ।

सो संस्थाको कार्य समिति पनि आजै विधिवत रुपमा कार्यसमिती पनी गठन भएको छ । जसको अध्यक्षमा विवेक छेत्री, उपाध्यक्षमा सन्जय खनाल र करुणा पुन, सचिबमा कमल थापा, सह सचिवमा बसन्ता पोखरेल र सन्दिप थापा तथा कोषाध्यक्षमा सुनिल थापा सहित १९ सदस्यीय टोलि आगामी ३ बर्षिय कार्यकालका लागि चयन भएका छन् । त्यस्तै संस्थाको सल्लाहकारको रुपमा देवेन्द्र शाह, अशोक थापा, सन्तोष केशी र रेनुका श्रीष रहेको सँस्थाका अध्यक्ष बिबेक छेत्रीले जानकारी दिए ।

“योगदान रास्ट्रको लागि संस्थालाइ खोल्दै समाज सेवा गर्ने यहाँको युवावर्गको प्रयासलाइ के भन्न चाहनुहुन्छ ?” भन्ने गुल्मीन्युज डट कमको प्रश्नमा स्थानीय समाजसेवी हरिकृष्ण खत्रीले अहिलेका युवावर्गहरुलाई नेपालमै बस विदेश नजाउ भनेको सराप जस्तो भएको र युवाहरु नेपालमा केहि गर्न सकिन्न भन्दै विदेश पलायन भइरहेका बेला युवा भाइबहिनिहरुले नेपालमै बसेर अनि समाजसेवा गर्ने सोंच लिनु उदाहरणीय काम रहेको बताए ।

योगदान रास्ट्रको लागि गुल्मीको उदाहरण कुनै नौलो भने होइन हाम्रो समाजमा पनि थुप्रै यस्ता मानिस अनि संघ संस्थाहरु छन जो कडा मिहिनेत र परिश्रम गरेर समाज रुपान्तरण गर्ने प्रयत्नमा अग्रसर छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ