gulminews logo
बिहीबार, २०७९ असार १६

युवा संघ नेपाल मुसिकोट नगरकमिटीको अध्यक्षमा गुरुङ निर्वाचित

अनिल खत्री
१२ पुस, गुल्मी । युवा संघ नेपाल मुसिकोट नगरकमिटीको अध्यक्षमा राजु गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न प्रथम नगर सम्मेलनबाट गुरुङको अध्यक्षतामा ३५१ सदस्यीय कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा सोमबहादुर दर्लामी, सुरेज नेपाली, प्रेम खड्का, राजेश रायमाझी, बिजय कक्षापती, सचीव सन्दीप खत्री, सह–सचीव बिष्णु थापा, बिपिन गुरुङ, रामु सुवेदी, युबराज भट्टराई निर्वाचित भएको नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले बताए । नेकपा (एमाले) मुसिकोट नगर कमिटी द्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा राष्ट्रिय युबा संघ, नेपाल मुसिकोट नगर प्रथम सम्मेलन आयोजना गरिएको थियो ।

नगर सम्मेलनमा नेकपा एमाले सचिव गोकर्ण बिष्ट सहित केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका नेताहरुको सहभागित रहेको थियो । नगर सम्मेलनको उद्घाटन गर्दै सचिव बिष्टले गठबन्धनका नाममा दलहरुले एमालेलाई घेराबन्दीमा पार्न कोशिस गरेको बताए ।

आमागी चुनावमा एक्ला एक्लै एमाले पार्टी संग चुनाव लड्ने आट कसैसगं नभएको बिष्टको भनाई छ । आगामी निर्वाचनमा यदी सबै राजनितिक दल एमाले विरुद्ध गठबन्धन गरेर आए पनि सबैलाई निर्वाचनमा परास्त पार्ने विष्ट बताए ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D