जिल्ला समाचार

युवा परिषद गुल्मीको युवाहरुसँग अन्तरक्रिया, सरकारले उपलब्ध गराउने ऋण प्रकृया सजिलो गराउन माग

अनिल खत्री
५ फागुन, गुल्मी । राष्ट्रिय युवा परिषद गुल्मीले युवाहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा आयोजित अन्तरक्रियामा परिषदको तर्फबाट उपसचिव कमला ज्ञवालीको सहभागितामा सम्पन्न भएको हो ।

कार्यक्रममा उपसचिव ज्ञवालीले युवाका क्षेत्रमा सरकारले अघि सारेका निति तथा योजाहरु बारे जानकारी गराएकी थिइन् । अन्तरक्रियामा युवा परिषद गुल्मीका अध्यक्ष राजेन्द्रबिक्रम कुँवरले जिल्ला युवा समिति गुल्मीले जिल्लामा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

परिषदका भावी योजना र युवाहरुका क्षेत्रमा केकस्ता कार्यक्रम गर्दा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा रायसुझाव समेत संकलन गरिएको थियो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय प्रमुख थानेश्वर घिमिरे, कार्यक्रम अधिकृत लोकनाथ मरासिनी, रेसुङ्गा नगरपालिका तर्फबाट बिद्यालय निरिक्षक पिताम्बर पन्थी, युवा उद्यामीहरु, सिप सिकेर बसेका युवाहरु, लगायतको सहभागिता रहेको थियो ।

सहभागिले उद्यम सञ्चालनका लागि सरकारले उपलब्ध गराउने ऋणका सम्बन्धमा प्रकृया झन्झटिलो भएको भन्दै सजिलो प्रकृयाबाट ऋण प्रदान गर्न सल्झाएका थिए । उपसचिव ज्ञवालीले युवाका क्षेत्रमा हरेक कामको सहजीकरणका लागि परिषद लागि परेको बताइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D