कौरव खत्री
गुल्मी ९ आश्विन । नेपाली काँगे्रसका युवा नेता गगन कुमार थापा यहि आश्विन १३ गते अर्थात आउँदो सोमवार गुल्मीको हाडहाडेमा आउने भएका छन् ।
गुल्मीको धुकोट गाँउपालिका वडा नं. ३ नेपाली काँगे्रस वडाकार्य समिति हाडहाडेले आयोजना गरेको बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्नका लागि नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँगे्रसका युवा नेता एवं सांसद गगन कुमार थापा गुल्मी आउने नेपाली काँगे्रस जिल्ला कार्य समिति गुल्मीका जिल्ला सदस्य पदम विष्टले जानकारी दिए ।
कार्यक्रम आश्विन ११ र १२ गते धुर्कोट गाँउपालिकाको वडा स्तरीय खुल्ला पुरुष भलिवल खेल सञ्चालन हुने र १३ गते सोमवार बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्न आम नेपालीका ढुकढुकी नेपाली काँगे्रसका युवा नेता तथा सांसद गगन थापा गर्ने कार्यक्रम रहेको नेपाली काँगे्रस गुल्मीका जिल्ला सदस्य पदम विष्टले जानकारी दिए ।

सोही अवसरमा राष्ट्रिय लोकदोहोरी गायक बिमलराज क्षेत्री,हरि खत्री,गणेश अधिकारी, सुनिल थापा र खुकुरी ब्याण्ड तथा स्थानीय कलाकारको समेत बेजोड साँगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
साथै आश्विन १४ गते अर्थात मंगलवार गर्ने भनिएको बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रमलाई प्राविधिक कारणले एक दिन अगाडी अर्थात १३ गते सोमवार सारिएको नेपाली काँगे्रस गुल्मीका जिल्ला सदस्य विष्टले जानकारी दिए ।