gulminews logo
शुक्रबार, २०८० चैत्र १६

यि हुन् गुल्मीका स्थानिय तहका वेबसाईटहरु, तपाईंको गाउँपालिका/नगरपालिकाको वेबसाईट हेर्नुभो?

सन्जु काउछा
पौष ११ । गुल्मीका सबै स्थानिय तहरुको वेबसाईट तयार पारिएको छ । नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका सबै स्थानिय निकायहरुको वेबसाईट तयार गर्ने क्रममा गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिकाको वेबसाईटहरु पनि तयार पारिएको हो ।

मन्त्रालयले गुल्मी सहित देशभरका ७५३ वटै स्थानीय सरकारको विवरण राखी केही हप्ता पहिले वेबसाइटका साथै मोबाइल एप्स पनि सार्वजनिक गरेको हो । सार्वजनिक वेबसाइटमा स्थानीय तहका वडा स्तरसम्मको नक्सा एवं जानकारी उपलब्ध छन्।

मन्त्रालय अन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडिपी) को प्राविधिक सहयोगमा मन्त्रालयले स्थानीय तहलाई डिजिटल प्लाटफर्ममा ल्याएको हो।

वेबसाइटमा के छ ?

स्थानिय तहहरुको वेबसाईट तैयार भए पनि सुचना र जानकारी भने शुन्य प्राय छ । धेरै कुराहरु अप्डेट हुन बाँकी छ । मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको एकीकृत वेबसाइटमा स्थानीय तहको इन्ट्र्याक्टिभ म्याप, आँकडा एवं स्थानीय तहमा आइपर्ने सूचना प्रविधिसम्बन्धी ब्लग समावेश छन् । मोबाइल एप भने इन्ड्रोइड अपरेटिङ सिस्टममा मात्र उपलब्ध हुनेछ । त्यस्तै प्रत्यक स्थानिय निकायको वेबसाईटमा जनप्रतिनिधीहरु र कर्मचारीको तस्बिर सहितको जानकारी छ । कार्यालयको ठेगाना र संपर्क नम्बर हुनुपर्नेमा जनप्रतिनिधी र कर्मचारीको मोबाईल नम्बरहरु राखिएको छ ।

नगरपालिकाहरुको वेबसाईटमा मुख्यपृष्‍ठ बाहेक ७ वटा ट्याब राखिएको छ जसमा परिचय, कार्यक्रम तथा परियोजना, प्रतिबेदन, बिद्युतीय सुशासन सेवा, सुचना तथा जानकारी, ग्यालरी र संपर्क । त्यस्तै गाउँपालिकाहरुको वेबसाईटमा भने वडा कार्यलहरु भन्ने थप एउटा ट्याब पनि छन् ति सबैमा छुट्टाछुट्टै उपबर्गहरु पनि छन् ।

त्यस्तै मुख्य पृष्‍ठमा बजेट तथा कार्यक्रम, योजना तथा परियोजना, सार्वजनिक खरीद/बोलपत्र सूचना, ऐन, कानुन तथा निर्देशिका, आय व्यय विवरण लगायतका स्तम्भहरु छन् जुन सबै जसो गाउँपालिका र नगरपालिकाको वेबसाईटमा खाली छन् ।

राज्य पुनःसंरचनामा जाने निश्चित भएपछि मन्त्रालयले संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा स्थानीय तहलाई डिजिटलाइज गर्न सन् २०१३ मा १३३ जना आइसिटी स्वयंसेवक नियुक्त गरेको थियो। त्यही बेलादेखि मन्त्रालयले तत्कालीन जिल्ला विकास समिति एवं नगरपालिकाहरुको विवरणलाई डिजिटलाइज्ड गर्न थालेको थियो। संविधानअनुसार गत वर्ष स्थानीय तह पुनःसंरचना भएपछि थप काम सम्पन्न गरिएको हो।

यि हुन् गुल्मीका नगरपालिका र गाउँपालिकाहरुका वेबसाईटहरु:

क्र.स. स्थानीय तहको नाम वेवसाईट
1 मुसिकोट नगरपालिका http://musikotmungulmi.gov.np/
2 रेसुङ्गा नगरपालिका http://resungamun.gov.np/
3 ईस्मा गाउँपालिका http://ishmamun.gov.np/
4 कालीगण्डकी गाउँपालिका http://kaligandakimungulmi.gov.np/
5 गुल्मी दरबार गाउँपालिका http://gulmidarbarmun.gov.np/
6 सत्यवती गाउँपालिका http://satyawatimun.gov.np/
7 चन्द्रकोट गाउँपालिका http://chandrakotmun.gov.np/
8 रुरु गाउँपालिका http://rurumun.gov.np/
9 छत्रकोट गाउँपालिकाl http://chhatrakotmun.gov.np/
10 धुर्कोट गाउँपालिका http://dhurkotmun.gov.np/
11 मदाने गाउँपालिका http://madanemun.gov.np/
12 मालिका गाउँपालिका http://malikamungulmi.gov.np/

 

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D