जिल्ला समाचार

यस्तो रह्यो गुल्मीको तिज (फोटो फिचर)

सुनिता कंडेल
गुल्मी भदौ २७ । आज नेपाली महिलाहरु हरितालीका तिज पर्व हर्षोल्लासका साथ मनाएका छन् । महिलाहरु बिहानैदेखी सौभाग्य सुचक धागोपोते, टीका गरगहना, रङ्गीचङ्गी कपडा, पहिरेर विभिन्न शिवमन्दिरहरु तथा मैदानमा भेला भएर नाचगान गरेर मनाएका छन् ।
तिज पर्वको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा, अर्खले सहित जिल्लाका बिभिन्न स्थानहरुमा भेला भएर बिबिध कार्यक्रमहरु सहित धुमधामसँग मनाएका छन् । महिलाहरु आज तिज सम्बन्धी गीत गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् ।
गुल्मीको सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकाले प्रतियोगीतात्म कार्यक्रम समेत राखेको थियो । बिगतका वर्षहरुमा जस्तै नगरपालिकाले बिभिन्न स्थानबा आएका महिला समुहलाई समुहगत रुपमा प्रथम द्धितिय तृतिय बनाएर पुरस्कार समेत दिँदै आएको छ ।
तिज पर्वको अबसरमा मौलिक संस्कृति सहितका गीतहरु गाउँने तथा नाच गान गर्ने पुरानो परम्परा रहि आएको छ । तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु साटने गर्दछन् ।
तिजको अबसरमा ब्रत बस्नुका साथै नारी बेदना समेटीएका गीतहरु गाएर मनाउने तिज पर्वको संस्कृति रहि आएको छ । वर्षौ देखि आफनो घरमा परेका दुख नारि बेदनाहरु माइतीमा जम्मा भएका साथीसँघीहरुसँग गीतको मार्फत पोख्ने गर्दछन् ।
पर्वको अबसरमा लामो समय देखि टाढिएका आफन्तहरु पनि जम्मा भएर खुसी साट्दै गीत मार्फत गाउने प्रचल पनि छ । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको हो ।
तिज पर्वमा पानीसमेत नखाई विवाहित महिलाहरु शिवको पूजा आराधना गर्दै आफ्ना पतिको तथा परिवारजनको सुख,शान्ति दिर्घायु, सुस्वास्थ्यको कामना गरी ब्रत बस्दछन् । अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ ब्रत बस्ने गर्दछन् ।
यस दिन पानी समेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरुले दर खाने प्रचलन छ । महिलाहरु आज तिज सम्बन्धी गीत, गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D