घटना-दुर्घटनाजिल्ला समाचार

मोटर बाटो खन्ने क्रमममा स्काभेटर पल्टीयो

अनिल खत्री
१३ असोज, गुल्मी । गुल्मीमा मोटर बाटो खन्ने क्रमममा स्काभेटर पल्टीदा क्षती भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ कोटकोटेरी भन्ने स्थान मोटरबाटो खन्ने क्रममा स्काभेटर पल्टीएको हो ।

मोटरबाटो खन्ने क्रममा बा २ ख ५५५४ नम्बरको स्काभेटर पल्टीएर पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । मनकामना मोडल इन्जिनेरिङ्ग प्रालिको नाममा रहेको स्काभेटरले श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले काम गरिरहेको थियो ।

श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले इस्मा गाउँपालिका मैदानबाट सोहि ठाउँकै कोटकोटेरी भन्ने स्थानसम्म जोडने मोटरबाटोमा काम भइरहेको थियो । बाटो खन्ने क्रममा एक्कासी पल्टीए पछि चालक फर्सुराम पाण्डे भने फुङगालेर बाच्न सफल भएको निर्माण श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मील जनाएको छ ।सडक खन्ने क्रममा पल्टीएको स्काभेटर १ सय मिटर पल्टीएर क्षती भएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D