जिल्ला समाचार

मैत्री बहुउद्देश्यीय सहकारी गुल्मीको २०औं साधारणसभा सम्पन्न

अनिल खत्री
४ मंसिर, गुल्मी । मैत्री बहुउद्देश्यीय सहकारी संस्था गुल्मीको २०औं साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाम तम्घासमा साधारणसभा सम्पन्न भएको हो ।

सभाको अबसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद आचार्यले संस्थाले एक वर्षमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए । २०५७ सालमा ३३ जनाबाट १३ हजार २ सय रकमबाट सुरु गरेको सहकारीले झण्डै १३ हजार शेयर सदस्य बनाएको छ ।

जिल्ला सदरमुकाम तम्घास प्रधान कार्यालय रहेको संस्थाको जिल्लाका १२ वटै स्थानीय तह र अर्घाखाँच िजिल्लाका २ वटा छत्रदेव र मालारानीमा रहेको थियो । तर हाल भने साबिकको लुम्बिनी अञ्चलका गुल्मी , अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, पश्चम नवरपरासी जिल्लामा यसको कार्यक्षेत्र रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत आचार्यले बताए ।

सभाको अबरमा प्रमुख कार्यकारी अधिकृत अर्जुन आचार्यल संस्थाको कुल शेयर पूँजी ६ करोड ४८ लाख १४ हजार रहेको प्रस्तुत गरेका थिए । संस्थामा जगेडा कोषामा रु १ करोड ९१ लाख १५ हजार ३ सय ६१ रपौयाँ, अचल सम्पति जग्गा कोषमा ३ करोड २५ लाख ४७ हजार ३६९ रुपौयाँ र अन्य कोषहरुमा १ करोड ६५ लाख २१ हजार २१६ रुपौयाँ रहेको प्रतिबेदनमा उल्लेख गरेका थिए ।

सस्दयले जम्मा गरेको बचत निक्षेप २०७९ असार मासान्तसम्म ३२ करोड ६४ लाख ८५ हजार ५२ रुपैयाँ रहेको छ । बचत निक्षेपमा गत वर्षको तुलनामा २३दशमलव ९१ प्रतिशत वृद्धि भएको संस्थाले जनाएको छ ।

संस्थाले ०७७÷०७८ मा कुल ऋण ४८ करोड २४ लाख ३७ हजार ६६९ लगानी भएको आचार्यले बताए । संस्थाको बाह्य सहुलियत ऋण ०७८ असार मसान्तसमम ६ करोड ९९ लाख ४३ हजार ७९९ रुपौयाँ रहेको छ ।

साधारणसभामा संस्थले कार्यालयल प्रयोजनका लागि यस आर्थिक वर्षमा रु ३ करोड ४१लाख १५ हजार ३९९मा खरिद गरेको जनाएको छ । संस्थाले आर्थिक वर्ष ०७७÷०७८ सालमा २ करोड १७ लाख ४८ हजार ९९६ रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ ।

संस्थाले २ करोड ५६ लाख ५ हजार ३८५ रुपैयाँ मुनाफा गर्ने लक्ष्य लिएको थियो । कोरोना महामारीका कारण लक्ष्य अनुसार मुनाफा गर्न नसकिएको आचार्यले बताए । संस्थाले आर्थीक वर्ष ०७८÷०७९ सालमा २ करोड ७७ लाख ४८ हजार १७४ रुपैयाँ मुनाफा गर्ने लक्ष्य लिएको छ । संस्थाले आगामी दिनमा गर्ने नयाँ लक्ष्यहरुको बारेमा पनि साधारणसभामा छलफल गरिएको थियो ।

साधारणसभाको अबसरमा संबिधान सभा सदस्य दिलशोभा पुन, रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सिता भण्डारी, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, गुल्मी युनाइटेडका उपाध्यक्ष रामप्साद पन्थी, लेकाली सहकारीका उपाध्यक्ष गणेश श्रेष्ठले स.स्थाको प्रगतीको शुभकामन दिएका थिए । उनिहरुले अब सहकारी उत्पादन तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष बोमबहादुर खड्का निधन भएकाले रिक्त अध्यक्ष पद लगायतमा नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D