जिल्ला समाचार

मृगौला फेल भएपछी श्रीमानले सम्बन्ध बिच्छेद गरे, गुल्मेली चेली बिचल्लीमा

टोपलाल अर्याल
गुल्मी, ७ असोज । रेसुङ्गा नगरपालिका १२ की ३० बर्षीया सीता विक । दुवै बर्ष मृगौला फेल भएको एक बर्ष बिते । अहिलेसम्म अस्पतालमै छन् । विपन्न र गरिव परिवार भएकाले सीताको उपचार सोचेजस्तो भएको छैन् । उनी छत्र बहादुर विकका चार सन्तान मध्येकी माइली छोरी हुन् ।

करिव आठ बर्षअघि स्याङजा बिहे गरिन् । परिवारका अनुसार उनलाई सानैदेखि सुगरको समस्या थियो । त्यसैमाथी गत बर्षदेखि दुवै मृगौला फेल भए । जसका कारण सीता थला परिन् । साथै पारिवारीक सम्बन्ध समेत बिग्रियो । उनी शारिरीक रुपमा असक्त बन्दै गएपछि श्रीमानले वास्ता गरेनन् । बरु सम्बन्ध बिच्छेद नै गरे । सीताका भाई सुरज विकका अनुसार सीता छ बर्षदेखि माइतमै बस्दै आएकी थिइन् । उनले एक बर्षदेखि मृगौलाको भारतमा डाइलाइसिस गर्दै आएकी छन् । डाइलाइसिस गर्दा महिनाको १५ हजार भारतीय रुपैयाँ खर्च भइरहेको भाई सुरज विकले बताए ।

मृगौला पीडित सीता अहिले भारतको नयाँदिल्ली करलबादमा आफन्तको शरणमा उपचार गराईरहेकी छन् । घरमा बुवाको पनि करिव १२ अघि निधन भएकाले भाईले नै उपचारको जोहो गर्दै आएका छन् । गाउँमै ज्यामी काम गरेर परिवार पाल्दै आएका सुरजले दिदिको त्यो समस्याको समाधान गर्न आफुलाई निकै समस्या परेको बताए । ‘मजदुरी गरेर मैले परिवार चलाउनै मुस्किल परेको बेला दिदिको उपचारले झनै मुस्किल परेको छ,’ उनले भने, ‘सवैसंग सहयोगको अपेक्षा लिएको छु ।’

सीतालाई सहयोग गर्नेहरुको लागि उनका भाई सुरजको फोन नं ९८४७५०६०१४ मा सम्पर्क गर्न सकिने छिमेकी समेत रहेका संचारकर्मी सुनिल विकले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D