जिल्ला समाचार

मृगौला पीडित मगरलाई बेलायतबाट ५ लाख रुपैँया भन्दा बढी सहयोग

बेलायत । दुबै मृगौला फेल भएर बिरामी परेका गुल्मीकी रुमकला बेलायतबाट सहयोग रकम प्राप्त भएको छ । गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं ३ निवासी रुमकला घर्ती मगरको उपचारको लागि बेलायतबाट ५ लाख ४ हजार चार सय पचास रुपैँया सहयोग प्राप्त भएको हो ।

गत सेप्टेम्बर १२ तारिखका दिन मगरलाई एक कार्यक्रमका बिच सहयोग रकम हस्तान्तरण गरिएको हो । काठमाडौं स्थित टिचिङ अस्पातलमा उपचार गराईरहेकी मगरलाई अस्पातल परिसरमा सुबेदार गुमान सिंह थापा र कृष्ण छन्त्यालको रोहबरमा संकलित रकम हस्तान्तरण गरिएको संकलनकर्ता बल थापाले जानकारी दिए ।

कमजोर आर्थिक अवस्था रहेका मगरले बिगत ६ बर्ष देखी आफ्नो मृगौलाको उपचार गराउँदै आईरहेकी थिईन् । निरन्तर उपचार गराउँदा गराउँदा आफ्नो श्रीसम्पत्ती सबै सकिएपछी सहयोगको हात फैलाउन परेको मगरले बताईन् । मगरको घरमा श्रीमान सहित एक छोरा र दुई छोरा रहेका छन् ।

शुरुमा रेसुङ्गा नगरपालिका सहित यस आसपास घर भई हाल बेलायतमा बस्दै आएका गुल्मेलिहरु माझ सहयोग संकलन गरेर थालिएको अभियान बिस्तारै जिल्लाका अन्य भेगका गुल्मेलीहरु माझ पनि पुर्याईएको सहयोग संकलनकर्ताहरुले जानकारी दिए ।

रेसुङ्गा नगरपालीका स्थाई घर भई बासी हाल बेलायतमा बशिवस गर्दै आएका बल थापा मगरको अगुवाईमा थालिएको अभियानको संयोजन ज्ञान छन्त्यालले गरेका थिए । चित्र बहादुर थापा, भेष बहादुर छन्त्याल, भेख बहादुर छन्त्याल लगायतले पनि सहयोग संकलन अभियान सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

आफ्नो गाउँठाउँ र देश बाहिर रहेर पनि समाजमा आईपर्ने साना ठुला समस्याहरुमा मलम लागाउने जस्तो पुण्य काममा बेलायतबासी गुल्मेलिहरुको उत्साहपूर्ण सहभागीता एकदमै उदाहरणिय रहेको गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी युकेका संयोजक ओम थापाले बताए । गुल्मेलीहरुको यस्तो उदारताले गर्दा गाउँ ठाउँमा थुप्रैजनाले पुनर्जीवन पाएको भन्दै थापाले सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद समेत दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D