जिल्ला समाचार

मूल्यवृिद्ध फिर्ताको माग गर्दै नेविसंघ गुल्मीद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र

रमेश वि.क.
जेठ २२, गुल्मी । सरकारले पटक पटक पेट्रोलिय पदार्थ र दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीले मंगलबार जिल्ला प्रशासन कार्यालय तम्घासमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपि शर्मा ओलिलाई ज्ञापनपत्र बुझाएका छन ।

प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सिनालाई ज्ञापन पत्र बुभाउँदै नेपाल विद्यार्थी संघ गुल्मीका का.वा. सभापति झविन्द्र पाण्डेयले सरकारले गैर जिम्मेवारी ढङ्गले गरेको मूल्यवृद्धि तत्कालै फिर्ता गर्न माग गरेका छन । सभापति पाण्डेयले सरकारले हामिले गरेको मागलाई तत्कालै पुरा नगरे थप सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य हुने सरकारलाई चेतावनी समेत दिएका छन ।

ज्ञापनपत्रमा समृद्ध नेपालको नारा दिएर उदाएको केपि ओली नेतृत्वको कम्यूनिष्ट सरकार यतिबेला जनविरोधी काम गर्नमा व्यस्त भएको उल्लेख गर्दै, नेपालको राष्ट्रियता नै कमजोर बनाउने चलखेलमा सक्रिय हुँदै गएको र जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पर्दाथ र दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि गरेर नेपाली जनताको ईच्छा र चाहना माथि खेलवाड गरेको उल्लेख गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D