gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

मुस्लिम संगठन नेपाल गुल्मीको प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

रामकृस्ण कंडेल
गुल्मी, फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आवद्द मुस्लिम संगठन नेपाल, गुल्मीको प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । भेलालाई संबोधन गर्दै प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुल्मी जिल्ला संगठन बिभाग प्रमुख बालसिङ काऊछाले पार्टी केन्द्रले पार्टी तथा जनवर्गीय संगठन सबै तहका कमिटीका भेला तथा बैठक आयोजना गर्न सर्कुलर गरे अनुसार मुस्लिम संगठनको एकता घोषणा भेला आयोजना गरिएको बताऊनु भएको छ ।

संगठन बिभाग प्रमुख काऊछाले नेकपाले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानलाई परिमार्जन गर्दै पार्टी तथा जनवर्गीय संगठनहरुका सबै तहका कमिटीका बैठक आयोजना गर्न निर्देशन दिएको र सोही अनुसार आफुहरू अगाडी बढिरहेको जानकारी दिनु भयो । भेलामा मुस्लिम नेताहरूले उठाएको हज आयोग, मुस्लिम आयोग र मदरशा लगायतको जिज्ञासालाई प्रमुख अतिथी काऊछाले यी सबै मागहरू पुरा गर्न नेकपाको बर्तमान दुई तिहाई सरकारबाट मात्र संभब रहेकोले कुनै चिन्ता नलिन मुस्लिम नेताहरूलाई आग्रह गर्नु भयो ।

एक फरक प्रसंगमा नेकपाले पार्टीका संगठित सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने गरी अगाडि बढाउने निर्णय गरेको छ । कोरोना भईरसको जोखिमका बावजुत ठूला भेला तथा जनसभाबाहेक अभियान सम्बन्धी अन्य कार्यक्रमहरु यथावत सञ्चालन गर्न हुने पनि संगठन बिभाग प्रमुख काऊछाले आफ्नो धारणा ब्यक्त गर्नु भयो । मदन आश्रीत स्मृती भवन तम्घासमा सम्पन्न भेलाले रोजमहमद संयोजक र जाबेद अली सह संयोजक रहनेगरी २१ सदस्यीय मुस्लिम संगठन नेपाल, जिल्ला कमिटी गुल्मीको घाेषणा गरेको हो । एकता घोषणा कार्यक्रममा नेपाल मुस्लिम संगठन ईञ्चार्ज गाेपाल सुनार, नेकपा जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव गणेश श्रेष्ठ, मुस्लिम संगठन नेपालका केन्द्रिय सदस्य जवुलमियाको बिशेष उपस्थिती रहेको थियो ।सागिर मियाको संचालन र हसरद्दिन मियाको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D