जिल्ला समाचार

मुसिकोट माविको ६४ औ बार्षिकोत्सब सम्पन्न, मन्त्री बिष्टद्धारा चन्दादाता कार्कीलाई सम्मान

टोपलाल अर्याल
गुल्मी, ४ बैशाख । मुसिकोट माबी मुसिकोट नगरपालिका ४ बडागाउको ६४ औ वार्सिक उत्सब सम्पन्न भएको छ । प्रमुख अतिथि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिष्टले शिक्षा नागरिकको अधिकार भएपनी बिद्यालय संचालन गर्न चन्दा संकलन गर्नुपर्ने बिडम्बना समाजमा रहेको बताए । उनले सरकारको तर्फबाट शिक्षाको क्षेत्रमा केही नयाँ योजना समेटिएको भएपनी जनताको साथ, समर्थन र सहयोग बिना समृद्ध नेपाल निर्माण असम्भव रहेको बताए ।

मन्त्री बिष्टले बिद्यालयलाई १० लाख ५७ हजार आठ सय ६० रुपैयाँ नगद र एक लाख १० हजार बराबरको जग्गा प्रदान गर्ने चन्दादाता बालकुमारी कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । कार्कीले आमा भागिरथी थापाको सम्झनामा नगद तथा जग्गा प्रदान गरेकी हुन । चन्दादाता कार्कीलाई सम्मान गर्दै मन्त्री बिष्टले सामाजिक रुपान्तरणमा यस्ता ब्यक्तीहरुको भुमिका अतुलनीय भएकाले आफुले शब्दमा व्यक्त गर्न नसक्ने बताए ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले शिक्षाको क्षेत्रमा धेरै खाले समस्या भएकाले बिस्तारै पूरा गर्ने चरण रहेको बताए । उनले अबको शिक्षा कृषि र प्राबिधिक भएकाले आफुहरु योजनाका साथ अगाडी बढी रहेको बताए । बिद्यालयले बार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता समेत सम्पन्न गरेको छ । खुल्ला पुरुष भलिवल प्रतियोगीतामा आयोजक मुसिकोट मावि बिजयी भएको छ । भने उपबिजेता आँपचौर भलिवल क्लव भएको बिद्यालयका प्रध्यानाध्यापक श्याम थापाले जानकारी दिए ।

प्रतियोगीतामा ११ समुहको सहभागीता रहेको थियो । ६ समुह सेमिफाइनमा प्रवेश गरेका थिए । खेल प्राबी स्तरीय चित्रकला प्रतियोगितामा सरिता नेपाली प्रथम, प्रबिन बिक द्वितीय, शौगात शर्मा तृतीय र दिप्शन कुवर शान्त्वाना भएको थापाले बताए । त्यस्तै निमावि स्तरिय चित्रकला प्रतियोगीतामा पवन थापा प्रथम, सुजन राककोटी द्धतिय, ओसन बगाले तृतिय र सुरेश बरम्ले सान्त्वना भएका छन् । मावि तर्फ नविन थापा प्रथम, एञ्जल गौतम द्धतिय, प्रकाश सतुङ्गे तृतिय र सन्दिप जिसी सान्त्वना भएका छन् । सटफुटमा हिमाल बगाले मगर प्रथम तथा सागर शाह द्धतिय भए । कुर्ची दौडमा सिता बगाले प्रथम र अनिता शर्मा द्धतिय भएको बिद्यालयले जनाएको छ ।

बिद्यालयको तर्फबाट बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चिना बहादुर सिंहले मन्त्री बिष्टलाई बिद्यालयको अवस्थाको बारेमा जानकारी गराएका थिए । जवाफमा बिष्टले बिद्यालयको तर्फबाट अपेक्षा गरिएका भौतिक संरचना, तारबार र खानेपानीको समस्या समाधानमा आफु गम्भिर भएकाले स्थानीय सरकार, प्रदेश र केन्द्रबाट पहल गर्र्ने आश्वासन दिएका छन् । साथै सोहि अवसरमा बिद्यालयले मन्त्री बिष्टसहित मेयर सापकोटा, उपमेयर कमला शर्मा, कार्यपालिका सदस्य हरि छन्तेल लगायतलाई अभिनन्दन गरेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D