जिल्ला समाचार

मुसिकोट महोत्सवस्थल भित्रै खुलेआम मदिरा बिक्री, चुपचाप आयोजक र प्रहरी प्रशासन

सागर भण्डारी
गुल्मी, माघ २० । प्रथम गुल्मी मुसिकोट महोत्सवको स्थल भित्रैै घरेलु मदिरा खुलेआम बिक्री वितरण भइरहेको छ । महोत्सवकोस्थल भित्र राखिएका होटलका स्टलहरुमा खुलेआम घरेलु मदिरा बिक्री भइरहेको हो ।
मुसिकोट नगरपालिका ७ स्थित वामीटक्सार बजारमा माघ १५ गदेदेखि सुरु भएको प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक एवम् औद्योगिक एवम् व्यापार महोत्सवमा स्टलका रुपमा राखिएका अधिकाशं होटलहरुले घरेलु मदिरा खुलेआम बिक्री गरेपनि आयोजक र प्रहरी प्रसाशनले भने आँखा चिम्लिरहेका छन् । होटलहरुको मदिराको धन्दा खुबै फस्टाएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

जिल्ला प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्री वितरण रोक लगाएको दाबी गरेको छ । भने अन्य समयमा भने घरेलु मदिरा उत्पादन गर्ने र विक्री वितरण गर्नेहरुलाई घरघरमै पुगेर मदिरा नियन्त्रण गर्ने प्रहरी महोत्सव भित्रै घरेलु मदिरा विक्रि हुँदा भने मुकदर्शक बनेको छ । होटलहरुले महोत्सव स्थल भित्र घरेलु मदिरा सगैं अन्य तैयारी मदिरा पनि बेचिरहेका छन् । कतिपय स्टलहरुमा मदिराका बोत्तलहरु सजाएर राखिएका छन् ।

घरेलु मदिरा निषेधित वडा

मुसिकोट नगरपालिकाको वडा नं ७ वडा कार्यालयले २०७५ भाद्र ९ गते घरेलु मदिरा कारोबारमा कडाई गर्ने निर्णय गरेको थियो । भाद्र १७ गतेबाट लागु हुने गरी होटल ब्यबसायीहरुले अपरान्ह ३ बजेदेखी राती ९ बजेसम्म मात्र मदिरा बिक्री बितरण गर्न पाइने भनेको थियो ।
भने मदिरा बिक्रीमा गरीएको कडाइलाइ ब्यापारीहरुले पालना गरेको नगरेको समय समयमा अनुगमन गरीने र नियम पालना नभएको खण्डमा कारवाही प्रक्रिया समेत अगाडी बढाइने वडाध्यक्ष प्रकाश काफ्लेले बताउनुभएको थियो । तर अहिले महोत्सव स्थल भित्रै घरेलु मदिरा विक्री वितरण भईरहँदा भने अनुगमन गर्न वडा कार्यालयले भ्याएको छैन् ।

यसविषयमा वडाकार्यालयसँग बुझ्दा वडा सदस्य लक्ष्मण खरालले घरेलु मदिरा बेचविखन भएको जानकारी भएको र त्यसको नियन्त्रणको लागि वडाले पहल गर्ने बताउनुभयो । वामी वजार क्षेत्र भएकाले वडा नं ७ मा मात्रै कार्यक्रम गरेर त्यति उपयोगी नभएको र बाहिरबाट खाएर पनि यहाँ आउने गरेको बताउनुभयो । घरेलु मदिरा नियन्त्रणका लागि वडा कार्यालयले बनाएको नियमलाई अझै कडा बनाएर प्रस्तुत हुने उहाँको भनाई छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker